Loading...
हिन्दूहरुको महान पर्व शिवरात्रिका अवसरमा दर्शन गर्न पूर्वराजा ज्ञानेन्द्र पत्नि कोमलसँगै पशुपतिनाथ मन्दिर पुगेका हुन् ।
साँझ ६ः४५ बजे पूर्वराजा ज्ञानेन्द्र पशुपति छिर्दा हुटिङ सुरु भएको थियो । उनले करिब १० मिनेटसम्म पशुपतिमा पूजा गरे । त्यसपछि बाहिर निस्कँदा हजारौं समर्थकहरुले घेरेर नाराबाजी गरे ।
दर्शन गर्न १० मिनेट लगाएका पूर्वराजा ज्ञानेन्द्रले २० मिनेटसम्म समर्थकको नारा सुने । पशुपतिनाथ परिसरमा करिब २० मिनेटसम्म आफ्नो पक्षमा नाराबाजी भएपछि उनी हर्षित देखिन्थे ।
समर्थकहरुले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, श्री ५ महाराजधिराज सरकारको जय र राजा आऊ देश बचाऊ’ भन्दै चर्काे नारा लगाएका थिए ।
Loading...
Social Buttons