Latest News

गोमा एयरको विमानमा चरा ठोक्कियो !!!

काठमाण्डु, १९ फागुन– तारा एयर र काष्ठमण्डप एअरको विमान दुर्घटना भएको केही दिनमै अर्को एक विमान दुर्घटनाबाट बचेको छ ।
file photo
file photo
बुधबार बिहान काठमाण्डुबाट लुक्लाका लागि उडेको गोमा एयरको विमानमा धावमार्गबाट उड्ने वित्तिकै चरा ठोक्किएको थियो।
९ यात्रु बोकेको जहाज केही समयमै पाइलटले अवतरण गराएका कारण कुनै ठूलो क्षति भएन ।

गोमा एयरले काठमाण्डु टुडेलाई दिएको जानकारी अनुसार चरा ठोक्किएकाक ारण विमानको पखेटामा सामान्य क्षति पुगेको छ ।

यससँगै दुई दिनका लागि उडान रद्ध गरिएको छ । विमानको पखेटा मर्मत गर्नुपर्ने गोमा एयरले जानकारी दिएको छ ।
Loading...