Latest News

देउवा पक्षको अवरोधपछि पौडेलको भावुक सम्बोधनले काँग्रेस कार्यकर्ताको आँशु थामिएन!!!

काठमाडौं । नेपाली काँग्रेसका कार्यवहाक सभापति रामचन्द्र पौडेलको बुधबारको एक सम्बोधनले काँग्रेसका हजारौं नेता कार्यकर्तालाई भावविह्वल बनायो । 
नेपाल विद्यार्थी संघले स्वर्गी सुशील कोइरालाको बारेमा लेखिएको पुस्तक विमोचन गर्न आयोजना गरेका कार्यक्रममा पोडैललाई सम्बोधन गर्न बोलाउन साथ शेरबहादुर देउवा पक्षका केही कार्यकर्तालाई छेउमा बसेर अवरोध गर्न थाले । 
पौडेलले आफूलाई डिष्टर्भ भएकोले पटक पटक हल्ला नगर्न आग्रह गरे । तर देउवा समूहले अझ संगठितरुपमा होहल्ला बढाउन थालेपछि पौडेल आक्रामक हुँदै भावनात्मक बन्न पुगे । उनका स्वरमा भावुकता आयो । सुरुमा सामान्य ढंगले सम्बोधन गरिरहेका पौडेलेको पछिल्लो भावपूर्ण सम्बोधनले लैनचौर ब्याकेटमा बसेका हजारौं कार्यकर्तासमेत स्तब्ध मात्रै भएनन् धेरैले आँसुसमेत पुग्छ थाले । तालिको गडगडाहट र रामचन्द्र पौडेल जिन्दावाद भन्दा नारा घन्कियो । 
करिव १३ मिनेटको पौडेलको सम्बोधन आफ्नो लागि प्रतिउत्पादक हुन्छ भन्ने देउवा पक्षले कल्पना पनि गरेको थिएन । यस्तो थियो उनको सम्बोधनः
आज हामी नेपाली काँग्रेसको महाधिवेनको संघारमा आइपुगेका छौं । नेपालभर र विश्वभरबाट आएका काँग्रेसका प्रतिनिधिहरुको माझमा नेपाल विद्यार्थी संघ प्रकाशित गरेका कृर्तिहरुको विमोचन भइरहेको छ । विद्यार्थीहरुलाई प्रशिक्षित गर्ने पुस्तक निकालेरकोमा म नेपाल विद्यार्थी संघलाई धन्यवाद दिन्छु ।  
देउवा पक्षको केही समय अवरोध.....
साथीहरु आज हामी गम्भीर मोडबाट जुज्रिएको अवस्थामा छौं । नेपालको इतिहास जसरी संक्रमणकालबाट गुज्रिएको छ, त्यसरी नै काँग्रेस पनि गुज्रिएको छ । यो संक्रमणकाल पार गर्ने अवस्थामा हामी आइपुगेका छौं । काँग्रेसले अत्यन्त ठूला चुनौतिहरु पार गर्दै आएको छ इतिहासमा । आज नेपालमा एउटा परिवर्तन आएको छ । नयाँ संविधानले नेपाली समाजलाई परिवर्तनको बाटोमा अग्रसर गराउन चाहेको छ । यो संविधानले समावेशी लोकतन्त्र साकार पार्न खोजिरहेको छ । संघीय गणतन्त्रलाई साकार पार्न खोजिरहेको छ ।
हाम्रा पार्टीका अग्रजहरुले आजभन्दा ७० वर्षअघि जुन सपना देख्नुभएको थियो, आज त्यो साकार भएको अवस्था छ । जनताको निर्वाचित प्रतिनिधिबाट आज संविधान जारी भएको छ । यो संविधानले नेपाली समाजलाई नयाँ दिशामा अग्रसर गराउन चाहेको अवस्था छ । यो दिशामा अग्रसर गराउने जुन संकल्प संविधानले लिएको छ ।
पुनः देउवा पक्षको अवरोध....
साथीहरु नयाँ संविधान यो देशलाई नयाँ बाटोमा लान खोजेको छ । यो नयाँ बाटोमा लाने कुराको नेतृत्व नेपाली काँग्रेसले गर्नुपर्छ । नेपाली काँग्रेसको नेतृत्वमा संविधान जारी भएको छ । यसलाई कार्यान्वयन गर्ने नेतृत्व पनि काँग्रेसले गर्छ । यो संविधान जारी गर्दा काँग्रेसले जुन अठोट गरेको थियो, जुन संकल्प गरेको थियो, आज यो संकल्प पूरा गर्न दृढ संकल्प गरिरहेका छौं । 
यो संविधानलाई कार्यान्वयन गर्दैगर्दा काँग्रेसले आफ्नो प्रजातान्त्रिक समाजवादको आदर्श र दर्शनमा अहिलेको परिवर्तनलाई ढालेर नेपाललाई नयाँ बाटोमा लैजाने प्रण गर्नेछ । आज नेपालमा जति पनि परिवर्तन आएको छ, जति पनि लोकतन्त्रको लडाई अघि बढेको छ, जुन संविधान जारी भएको छ, त्यसमा काँग्रेसको विचार र आदर्शले मुर्त रुपमा पाएको छ । काँग्रेसको सिद्धान्तको विजय भएको छ । 
तर एउटा प्रश्न छ । जहिले जहिल्यै भन्दै आएको छु जहिल्यै काँग्रेसको सिद्धान्तको विजय हुने काँग्रेसको पराजय किन हुने रु यो कुराले नेपाली काँग्रेसका सदस्यहरुलाई हुटहुटी पैदा गरेको छ । आजै यसैको उत्तर नेपाली जनता, लोकतन्त्रप्रेमी जनताले खोजिरहेका छन् । आज म त्यो जिज्ञाशाको उत्तर दिन खोजिरहेको छु । 
पुनः देउवा पक्षको अवरोध.....पौडेल जंगिदै
यहाँ आएर गोलमोल गर्न भएन नी रु नेपाली काँग्रेसको विचारको विजय हुने, काँग्रेस पराजय हुने यस्तै किसिमको व्यवहारले हो । आज काँग्रेसको विचारले देशभरि मान्यता पाएको छ । काँग्रेस गर्वका साथ उठने बेला आएको छ । काँग्रेसले उचो शिर गरेर अगाडि बढने बेला आएको छ । 
आज काँग्रेसले देशलाई हाक्ने सक्षम र विचारशील नेतृत्व खोजेको छ । यो होहल्लाबाट काँग्रेस डगमगाउन सक्दैन । हुलहुज्जत गर्ने कसैले पनि षडयन्त्र गर्छन भने......। लोकतन्त्रका विरुद्ध धेरै षडयन्त्र भएका छन् । यस्ता षडयन्त्रलाई पार गर्दै आज हामी यहाँ आइपुगेका छौं । अब यस्ता कुनै पनि षडयन्त्र सफल हुन हामी दिने छैनौं । कुनै पनि गुणागर्दी यो देशमा सफल हुने छैन । 
अब काँग्रेसलाई जिस्क्याउने काम कसैले नगरौं । होच्याउने काम पनि कसैले नगरौं । म एउटा कुरा भन्न चाहान्छु । आज यहाँ प्रचार गर्दाखेरि कसैका दोषसँग आफूलाई गास्न चाहान्न । कसैका गल्तिसँग आफूलाई मिसाउन चाहान्न । मेरा गल्तिसँग पनि अरुलाई तान्न चाहान्न । म आफ्ना गल्तिलाई अरुसँग गाँसेर आफू चोखिने काम कहिल्यै गर्दिन । 
काँग्रेस यत्रो लडाई लडेको पार्टी । यत्रो मिशन लिएको पार्टी । यो पार्टीलाई विचलित गर्ने कुनै किसिमका कुराहरु सैह्य हुनेछैन । मैले कहिल्यै पनि आफ्नो जीवनमा आफ्नो स्वार्थको लागि पार्टीलाई संकट पारिन । आफ्नो स्वार्थका लागि पार्टीलाई जोखिममा पारिन । आफ्नो स्वार्थका लागि प्रजातन्त्रलाई जोखिममा पारिन । आफ्नो स्वार्थका लागि राष्ट्रलाई संकटमा पारिन । 
बरु मैले पार्टी, प्रजातन्त्र र राष्ट्रका लागि आफूलाई जोखिममा राख्दै आए । तर यहाँ मानिसहरुले राष्ट्र, प्रजातन्त्र र पार्टी सबैलाई जोखिममा राखेका छन् । काँग्रेस, प्रजातन्त्र र राष्ट्रलाई जोखिममा पार्नेहरुको कुनै गुन्जायस अब छैन । केही चल्नेवाला छैन । आज यो कुरा भन्न म बाध्य भएको छु । बाध्य भएको छु । बाध्य भएको छु । मलाई बाध्य नबनाउनस् । यसरी मलाई जिस्क्याउने काम राम्रो होइन । 
साथीहरु आज म किन भावुक भए रु म जीवनका सम्पूर्ण वैंशहरु । उमेरहरु । जीवनका सम्पूर्ण सारा सुखसयलहरु काँधमा राखेर प्रजातन्त्रका लागि, राष्ट्रका लागि, नेपाली जनताका लागि दिएको छु । मैले जीवनमा कहिल्यै भ्रष्टाचार गरिन । कहिल्यै विकृति ल्याइन । कहिल्यै मैले प्रजातन्त्र जोखिममा हालिन । आज देशलाई खेलवाड गर्न खोज्ने रु खेलवाड गर्न पाइदैन । 
अब काँग्रेस नयाँ जीवन लिएर अघि बढछ । काँग्रेस पूराना असमानताहरुलाई मिल्काएर नयाँ जीवनका साथ अघि बढछ । काँग्रेसले विजय प्राप्त गर्छ । आफ्नो सिद्धान्तले जित्ने पार्टी हार्ने अवस्था अब हुँदैन । अब काँग्रेस सफल हुन्छ । त्यही सफलताको लागि म आज अघि बढेको छु । 
हाम्रा नेता गिरिजाप्रसादले पनि जहिलेसुकै सभाको अन्त्यमा जयनेपालको नारा लगाउनुहुन्थ्यो । भर्खरै दिवंगत हुुनभएका नेता सुशील कोइरालाले पनि जयनेपालको नारा लगाएर भाषणा टुङग्याउनुहुन्थ्यो । म आज स्वर्गी गिरिजाप्रसाद कोइराला, वीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणशमान सिंहहरुलाई अनुशरण गर्दै नेपाली काँग्रेसको जयनेपालको नारा दोहोर्याउन चाहान्छु । तपाईहरुले साथ दिनुहोला । 
जयनेपाल
Loading...