Loading...
शनिबार, २२ फागुन
एजेन्सी । सुर्यको तापक्रम कती छ ? यो संसारकौ सबैभन्दा तातो र उर्जावान ग्ह हो । यो ग्रहमा मानव जान त के सीधा आँखाले हेर्न पनि सक्दैन । तर, युरोपमा अहिले नयाँ हल्ला फैलिएको छ, जुन हल्लाका कारण पुरै हंगामा समेत मच्चिएको छ ।
उडन तस्तरीको खोजी गर्नेहरुको एउटा समूहले सूर्य एलियनहरुको कब्जामा रहेको दाबी सार्वजनिक गरेसँगै युरोपमा हंगामा मच्चिएको हो । ती खोजकर्ताहरुले सूर्यको वरपर अनौठो किसिमका जहाजहरु घुमिरहेको रहस्यमय तस्बिरहरु सार्वजनिक गराएका छन् ।
यो दाबीलाई वैज्ञानीकहरुले अपत्यारीलो भने पनि अनुसन्धानकर्ताहरुले नयाँ चुनौति पेश गरेका हुन् । केही वर्ष पहिले रसियाका वैज्ञानिकहरुले पनि यस्तै किसिमको दाबी गरेका थिए ।
अझ ती बैज्ञानिक अनुसन्धानकर्ताहरुले एलियनले सुर्यबाट उर्जाका स्रोतहरु झीक्न थालेको दाबी समेत गरेका छन् । खोजकर्ताहरुले सुर्वको वरीपरि दर्जनौं विमानहरु घुमिरहेको बताएका हुन् ।
तर, नासा लगायतका ठुला अनुसन्धानकर्ता संस्थाहरुले यसको पुष्टि नगरेसम्म केही भन्न सकिने अवस्था भने रहेको छैन ।
nepalsandesh
Loading...
Social Buttons