Latest News

अब ‘किस’ गर्नुअघि दुई पटक सोच्नुस् – किन ??? नयाँ तथ्यसहित !!!

जेन्सी, जिका भाइरसको बढ्दो आतंकका बीच ब्राजिलका वैज्ञानिकहरुले गर्भवती महिलालाई आफ्ना पति या अन्यसँग ‘किस’ नगर्न चेतावनी दिएका छन् ।

रोयटर्सका अनुसार जिका भाइरस अमेरिका र युरोपमा आतंक मच्चाइरहेका बेला वैज्ञानिकहरुले गर्भवती महिलाहरुलाई आफ्ना पति या अन्यलाई ‘किस’ गर्नुअघि दुई पटक सोच्न आग्रह गरेका छन् ।

गर्भवती महिलालाई विशेषज्ञहरुले कडा चेतावनी दिँदै उनीहरुले आफ्ना पतिसहित कसैलाई पनि ‘किस’ नगर्न भनेका हुन् ।

समाचार अनुसार वैज्ञानिकले थुक र पिशावबाट जिका भाइरसको लाइभ स्याम्पल्स भेटेपछि यस्तो कडा चेतावनी आएको हो ।

यो अवस्थामा वैज्ञानिकहरुले भाइरस भएको मानिसलाई छुँदा या ‘किस’ गर्दा पनि भाइरस फैलन सक्ने दाबी गरेका छन् ।

ब्राजिलका ओस्वाल्डो क्रुज फाउन्डेसनका वैज्ञानिकहरुले बताए अनसार विरामीको स्याम्पलमा भाइरसको पहिचान गर्नका लागि जेनेटिक परीक्षणको प्रयोग गरिएको थियो ।

‘मानिसको थुक, र्याल र पिशावमा पनि जिका भाइरसको जीवाणु भेटिएको यो पहिलो पटक हो’, उनीहरुले भनेका छन्, ‘जबसम्म यसबारेमा विस्तृत अध्ययन सकिँदैन तबसम्म सावधानी अपनाइराख्नु जरुरी छ ।

ब्राजिलका करिब १५ हजार महिला प्रभावित भएको भनिएको यो भाइरस पछिल्लो पटक स्पेनसम्म आइपुगेको छ ।

अमेरिकामा यौनसम्पर्कको माध्यमबाट पहिलो पटक सरेको यो भाइरस कोलम्बिया पुगेर फर्केकी एक स्पेनी महिलामा पनि देखिएपछि यसले युरोपियन देशमा पनि आतंक मच्चाएको छ ।

गर्भवती महिलालाई कडा चेतावनी दिँदै वैज्ञानिकहरुले आफ्ना पतिसँग समेत किस गर्न या पेय पदार्थ बाँडेर नखान भनेका छन् ।

वैज्ञानिकहरुले जिका भाइरस र्यला र थुकबाट तीब्र गतिमा फेलिन सक्ने आशंका गरेका छन् ।

तर रूबियो सोआर्स क्याम्पोसले भने र्यालाबाट जिका भाइरस सर्ने कुरालई बेतुकको तर्कको संज्ञा दिएका छन् । उनले र्यालमा जिका भाइरस हुँदै सरिहाल्ने कुरा नभएको जिकिर गरे ।

रूबियोका अनुसार जिका भाइरस डेङ्गु या अन्य रोगसरह हो, जुन लामखुट्टेबाट मानिसमा सर्छन् । रुबियो ब्राजिलमा जिका भाइरसको पहिलो पटक संक्रमण हुने व्यक्ति हुन् ।

रियोमा बस्दै आएकी मारिया टेक्सेरा भन्छिन्, ‘पहिले हरकोहीले अन्य ज्वरोजस्तै लिने गरेका थिए ।अहिले यसले विश्वभरी महामारीको रुप लिन लागेको छ । हामी धेरै डराएका छौं ।’

जिका भाइरस ‘एडिस एजिप्टी’ नामको लामखुट्टेबाट फैलने भाइरस हो।यो त्यही लामखुट्टे हो, जसले पहेंलो ज्वरो, डेङ्गुसहितका रोग फैल्याउन जिम्मेवार छ ।

गर्भवती महिलालाई यी रोग लाग्ने बढी खतरा रहन्छ । यो भाइरसका कारण नाबालाक सानो टाउको (माइक्रोसेफ्याली) साथ जन्मिन्छ ।

माइक्रोसेफ्याली न्यूरोलोजिकल समस्या हो। यसमा दिमाग पुर्णरुपमा विकसित हुन पाउँदैन । यो भाइरसको पहिलो मामिला सन् १९४७ मा अफ्रिकी देश युगान्डाबाट बाहिर आएको थियो ।

भाइरस तीब्रगतिमा फैलन थालेपछि ब्राजिलका वकील, अधिकारकर्मी र वैज्ञानिकको समूहले सरकारसँग गर्भपतनको अनुमति दिन सरकारसँग अपिल गरेका छन् ।

जिका भाइरसलाई फैलन नदिनका लागि यस्तो माग गरिएको हो । ब्राजिलमा गर्भवती महिला जिका भाइरसबाट प्रभावित भएका सयौं मामिला सार्वजनिक भएका छन् ।

यो अवस्थामा यो समूह गर्भपतनलाई वैधानिक बनाउनका लागि सक्रिय भएको छ । सन् २०१२ मा ब्राजिलमा गर्भपतन प्रतिबन्धित छ ।

त्यहाँ गर्भपतन गराएमा एकदेखि तीन वर्षसम्म सजाय हुन्छ । ब्राजिलमा केबल स्वास्थ्यमा गम्भीर समस्या र बलात्कार हुँदामात्रै गर्भपतन गराउने अनुमति छ ।

एजेन्सीको सहयोगमा
Loading...