Loading...
एजेन्सी । पञ्जाबबाट एउटा अनौठो समाचार प्राप्त भएको छ ।
जहाँ दिदी र भाईले भागेर विहे गरेका छन् । घरबाट भागेर विहे गरेपछि परिवारबाटै दुबैमाथि आक्रमण भएको छ । नाताले दिदी र भाई पर्ने यो प्रेमी जोडीले विहे गरेपछि विपक्षमा उभिएका दुबैका परिवारले आक्रमण गरेका हुन् ।
परिवारकै आक्रमणबाट प्रेमी (भाई)को मृत्यु भएको छ भने प्रेमिका (दिदी) गम्भीर घाइते छिन् । यो जोडीमाथि युवतीका पिता र युवकका दाईले गरेका हुन् ।
समाचार अनुसार बरनालाको गाउँ भदौडका वीरपाल कौरको बुरज गिल गाउँकी बलजीत सिंहसँग प्रेमसम्बन्ध बसेको थियो । यो सम्बन्धको घरपरिवारले थाहा पाएपछि यसको विरोध गरेका थिए र दुबैलाई अलग हुन भनेर सम्झाइएको थियो ।
परिवारको सम्झाई बुझाईलाई वेवास्था गर्दै करिब साढे तीन महिला पहिला मौका पाउनेवित्तिकै वीरपाल र बलजीत मौका पाउनेवित्तिकै घरबाट भागे । ८ जनवरीका दिन दुबैले विहे पनि गरे । त्यसपछि उनीहरु हंडिआयाको किला मोहल्ला क्षेत्रमा डेरागरी बस्न थाले । युवती नजिकैको धौलामा एक कम्पनीमा जागिर गर्थिन् ।
शनिबार विहानै करिब साढे पाँच बजे हरेक दिनजस्तै युवतीलाई काममा जानका लागि प्रेमीले बरनालामानसा मुख्य सडकको गाँ भनौला खुर्द बस स्टेशन पुगाउन जाँदैथिए । दुबै जना पैदल यात्रामा थिए । त्यहाँ पहिला देखि नै युवकका दाई र युवतीका पिता हमला गर्न कुरेर बसिरहेका थिए । त्यहाँ पुग्नेवित्तिकै दुबैमाथि हमला भयो ।
प्रेमी युवक ज्यान बचाउन भाग्न खोजे तर, उनको खुट्टा तारमा अड्कियो र उनी खसे । त्यसपछि दाई र ससुराले धारिलो हतियारले उनीमाथि प्रहार गरे । जसबाट उनको घटनास्थलमै मृत्यु भयो । आक्रमणबाट युवती पनि गम्भीर रुपमा घाइते भएकी छिन् । उनलाई गम्भीर अवस्थामा बरनालाको सिविल अस्पतालमा भर्ना गरिएको छ । विहे भएको तीन महिनामै प्रेमीले ज्यान गुमाए भने प्रेमिकाको संसारै उडाड भएको छ ।
घटनामा युवतीमाथि उनका पिता भोला सिंह र युवकमाथि उनका दाई गुरमीत सिंहले आक्रमण गरेको प्रहरीका डीएसपी पीएस चीमाले जानकारी दिए । उनका अनुसार युवतीका पिताले आत्मसमर्पण गरेका छन् भने युवकका दाई फरार छन् ।
Loading...
Social Buttons