Loading...
१. शारीरिक सन्तुष्टि र सन्तान उत्पादन सबैभन्दा महत्वपूर्ण कारण हो । यसका लागि प्रायले विपरित लिंगी जीवनसाथी खोज्छन् ।
२. सुरक्षा अर्को महत्वपूर्ण कारण हो । महिलाहरुले आफ्नो सुरक्षाका लागि पुरुष साथीको आवश्यकता महसुस गर्छन्, अर्कोतर्फ पुरुषहरु पनि महिलासँग कुनै न कुनै रुपमा निर्भर रहन्छन् ।
३. भावनात्मक सहयोग र मनोबलका लागि पनि एकअर्काको साथ निकै महत्वपूर्ण छ । जो कोहीले पनि जीवनसाथी खोज्दा भावनात्मक निकटता चाहन्छन् ।
४. मानिसलाई जीवनका हरेक मोडहरुमा एक सल्लाहकारको आवश्यकता पर्छ । जसले कुनै पनि निर्णय प्रकियामा सघाउन सकोस् र दुबैमा विश्वास पनि होस् । आमाबाबुको निधनपछि पति वा पत्नि नै त्यस्ता पात्र हुन्छन्, जसले विश्वासिलो सल्लाहकारको भूमिका खेल्न सक्छ ।
५. अर्को निकै नै महत्वपूर्ण कारण भनेको महिला र पुरुष एक अर्काविना अपूर्ण छन् । महिलामा केही विशेष खुबी हुन्छ, जुन पुरुषमा हुँदैन । अर्को तर्फ पुरुषका केही विशेष क्षमताको अभाव महिलामा हुन्छ । यस्तोमा दुबैको कम्बिनेसनलेमात्रै एउटा पूर्ण मानिस बन्नसक्छ । त्यसैले सदियौंदेखि महिला र पुरुष एक अर्कामा अन्योन्याश्रित छन् । अपवादहरुको कुरा फरक हुन्छ। -एजेन्सी ।
यहाँ क्लिक गरि पढ्नुहोस- गरिब बच्चालाई खाना ख्वाउने मनकारी रेस्तुरेन्टको बिल देखेर रोए..
Loading...
Social Buttons