Loading...
धेरैजसो पुरुष स्वप्नदोषबाट पीडित हुने गरेका छन् तर महिलामा पनि स्वप्नदोष हुने गरेको वैज्ञानिकहरुले पुष्टि गरेका छन् । तर महिलाको शारीरिक बनावटका कारण धेरैजसो महिलाले स्वप्नदोष भएको थाहा पाउँदैनन् ।
स्वप्नदोष वास्तवमा गहिरो निन्द्रामा ‘रंगीन’ सपनका माध्यमबाट ‘अग्र्याजम’ को अनुभव हुनु हो । पुरुषमा यसको परिणाम वीर्यपात हुने गर्दछ र सहजै थाहा पाउँछन् तर महिलाको शारीरिक वनावटका कारण उनीहरुले स्वप्नदोषको परिणाम थाहा नपाउन सक्ने वैज्ञानिकहरुको भनाई छ ।
आम्सटर्डम विश्वविद्यालयकी एक मनोवैज्ञानिकका अनुसार महिलामा स्वप्नदोष हुनु कुनै नौलो वा नराम्रो कुरा होइन । निन्द्रामै उत्तेजना अनुभूति हुनु सामान्य कुरा हो । उत्तेजनाको परिणामस्वरुप नै स्वप्न दोष हुने गर्छ ।
निन्द्रामा भावनामाथि हाम्रो नियन्त्रण कम हुन्छ । मानिसले विपनामा जतिनै आफ्ना भावनालाई नियन्त्रण गरे पनि निन्द्रामा सांकेतिक रुपमा त्यस्ता भावना प्रकट हुने गर्दछ । कयौं महिलाले निन्द्रामा अपेक्षाकृत चरमआनन्द अनुभूति गर्ने विभिन्न अनुसन्धानबाट खुलेको बताइन्छ ।
यौनसम्बन्धमा मानिसले जति बढी कठोर नियम वा परिधि बनाएको हुन्छ, सपनामा ऊ त्यति नै उदार हुन सक्ने र स्वप्नदोषको शिकार हुन सक्ने अनुसन्धानकर्ताको दाबी छ । यद्यपी यसलाई नराम्रो रुपमा भने लिन नहुने उनीहरुको तर्क छ ।एजेन्सी
Loading...
Social Buttons