Loading...
काठमाडौं, १९ फागुन । देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार हतियार फेला परेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले विदेशबाट शंकास्पद बस्तु भित्रिएको गोप्य सूचनापछि दिउँसो छापा मार्दा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हतियार फेला परेको हो ।
उक्त हतियार युरोपियन मुलुकबाटै नेपाल भित्रिएको दाबी गरिएको छ । हतियार कुन देशबाट आयो कसले पठायो भन्नेबारेमा अनुसन्धान भइरहेको सीआइबीले जनाएको छ ।
Loading...
Social Buttons