Loading...
फागुन १०, झापामा सोमबार विहान पानीको दहमा एक महिलाको शव भेटिएको छ ।
इलाका प्रहरी कार्यालय झिलझिलेले शिवसताक्षी नगरपालिका ९ सरदारे खोलाको पानीको दहमा महिलाको शव भेटिएको बताएको छ। प्रहरीले मृतक महिलाको पहिचान भने खुल्न नसकेको जनाएको छ।
स्थानीयबासीले मंगोल समुदायकी अन्दाजी ३५ वर्षीया महिलाको शव पानीको दहमा फेला पारेपछि प्रहरीलाई खवर गरेका थिए। प्रहरीले उक्त घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
Loading...
Social Buttons