Loading...
सृष्टितोगताब्दा १ अर्ब ९५ करोड ५८ लाख ८५ हजार १ सय १६, कलेर्गताब्दा ५ हजार १ सय १६ । श्री शालिवाहनीय शाके १ हजार ९ सय ३७ कीलक नामको संवत्सर । वि.सं. २०७२ फाल्गुणमहिनाको १८ गतेमङ्गलवार। श्री सूर्य उत्तरायणशिशिर ऋतु । फाल्गुण कृष्णपक्षको सप्तमीतिथिमध्यान्ह१२ बजेर ०२ मिनेटसम्म उपरान्त अष्टमी तिथि।अनुराधानक्षत्र२३बजेर १०मिनेटसम्म उपरान्त ज्येष्ठा नक्षत्र ।हर्षणयोग।आनन्दादि योगमावज्रयोग । बवकरण१२बजेर ०२मिनेटसम्मउपरान्त बालवकरण । तदनुसार नेपालसंवत ११३६ सिल्लागा।योग संवत ३७ । ई.सं.२०१६ मार्च महिनाको १तारिख ।
आजको राशिफल : २०७२ फाल्गुण १८ गतेमङ्गलवारको राशिफल
मेष राशिः
मेष राशि हुनेहरुको लागिआजकोदिन त्यति सहज देखिएको छैन । स्वास्थ्यमा गडबढी हुनसक्ने र गरिरहेको कामकार्यमा पनि झमेला आइलाग्नसक्ने सम्भावना छ । समयको प्रतिकूलतालाई नबुझि कुनै पनि कार्यमा हतार गर्दा उल्टो परिणाम आउनसक्ने र हानी नोक्सानी व्यहोर्नुपर्ने हुनसक्ने छ, ख्याल पुर्याउनु होला । दैनिक कार्यमा बढी परिश्रमको बाबजुत कम उपलब्धिले चित्तबुझाउनु पर्ला, संयम र धैर्य गरी प्रतिकूल समयलाई टर्न दिनु बुद्धिमानी हुनेछ । बलजबर्जस्तिले पश्चाताप पार्नसक्ने छ । कसैकसैलाई चोटपटकको पनि भए दखिएको छ होसियारी अप्नाउनु होला । आज आठ अंक, रातो रङ्ग शुभ हुनेछ भने रोगीको सेवाले पूण्य दिनेछ ।
वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजआमोद–प्रमोद चाहनामा बृद्धि हुने तथा विपरितलिङ्गी तर्फको आकर्षण बढ्ने छ । व्यवसायिक उन्नति हुनाले केहीहद्सम्म आर्थिक सङ्कलन हुनेछ भने आफन्तिको शुभसन्देश प्राप्त गर्नसकिने छ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्नसक्ने छ । चोटपटक आदिको भय देखिएकोले यात्राको हकमा भने अल्लि विचारपुर्याउन पर्ने देखिएको छ । विवाहको प्रस्तावलाई पनि सजिलै स्वीकार नगरिहाल्नु बुद्धिमानी हुनेछ । आज यहाँलाई सात अंक, सेतो रङ्ग शुभ हुनेछ भने माङ्गलिक दोष हुनेहरुले उपयुक्त उपाय अवलम्बन गर्नु राम्रो हुनेछ । साथै गुरु गणेशको दर्शन गर्नु हितकर हुनेछ ।
मिथुन राशिः
मिथुन राशिकाव्यक्तिहरुको लागि आजको दिनसकारात्मक देखिएको छ । स्वास्थ्यमा आरोग्यता प्राप्ति हुने र शारीरिक सुन्दरता बढ्ने छ । शत्रु तथा विरोधीपक्षसँग प्रभावकारी तरिकाबाट मुकाविला गर्न सकिनेछ । र प्रतिस्पर्धामा सफलता हात लाग्नेछ । व्यवसायिक पेशाबाट पनि राम्रो उपलब्धि गर्नसकिने छ । दिन अनुकूल रहेकोले आज रोकिएर रहेका कामलाई पूरा गर्न प्रयत्न गर्नु तथा स्वकर्मलाई बढी जोड्गर्नु मनासिव हुनेछ । आज यहाँलाई हरियो रंग, छ अंक अनुकूल रहने छ भने विपक्षीहरुसँग रणनीतिक ढङ्गले सहमती गर्नु उपयुक्त एवम् बुद्धिमानी हुनेछ ।
कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुकोलागिआजदिनअल्लि होसविचार पुर्याएर चल्नपर्ने दिन रहेको छ । ज्ञानोन्मादको भावना देखिनसक्ने र कमजोरी उदांगिनसक्ने सम्भावना रहेकोले सो विषयमा ख्याल पुर्याउनु होला । मानवीय व्यवहार र धैर्यता गर्नाले प्रतिष्ठा जोगाउन सकिनेछ । सन्तानबाट सुख र केही लाभ मिल्ने देखिन्छ । परनिन्दाको वृतिलाई प्रसय दिँदा स्वकार्य पूरा गर्न समय गुज्रनसक्ने छ भने आफ्नो गोपनीयता खुश्कनसक्ने पनि डर देखिएको छ । अल्लि ध्यान पुर्याउन जरुरी देखिन्छ । बढी बोलेर बाठो हुने मनोविज्ञानले अन्तमा पछुतो पार्नसक्ने भएकोले संयम गर्नु बुद्धिमानी हुनेछ । लगनशीलतापूर्वक स्वकर्ममा खट्नाले भने केही लाभ हातपार्न सकिनेछ ।
सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजदिनहोसियारी रहनुपर्ने दिन देखिएको छ । विनाकारण कसैसँग वादविवाद तथा मनमुटाव हुनसक्ने सम्भावना रहेको छ । व्यवहारमा जरुरीसम्बन्ध मात्रै राख्नु उपयुक्त हुनेछ । आज केही पारिवारिक समस्याको पनि सामाना गर्न पर्नसक्ने छ । अगाडि सारिएको काममा विलम्ब हुने तथा अबरोध आइपर्नसक्ने सम्भावना रहेकोले धैर्यताको मानसिकताको विकास एवम् अभ्यास अवलम्बन गर्नुपर्ला । मानसिक संकिर्णतालाई प्रवेश नदिई आफ्नो कर्मक्षेत्रलाई निरन्तरता दिनाले भने केही लाभ गर्नसकिने छ । आज चार अंक, सेतो रङ्ग यहाँको लागि उपयुक्त हुनेछ भने आमाको आर्शिवादले यहाँलाई ठूलो हित गर्नेछ ।
कन्या राशिः
कन्या राशि हुनेहरुको लागिआजबहुआयामिक दिन रहेको छ । त्यसैले शक्तिको भरपुर सदुयोग गर्नु बुद्धिमानी हुनेछ । शारीरिक एवम् मानसिक जाँगर बढेर आउने हुनाले रोकिएर रहेको काम पूरा गर्ने मौका मिल्नेछ । सहयोगीहरु जुट्ने र इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । बन्धुबान्धवबीचको सम्बन्धमा सुधार आउनेछ भने पार्टनसिप तथा सहकार्यको प्रस्ताव आउनसक्नेछ । पेशागत क्षेत्रबाट औकात अनुसारको आर्थिक उपार्जन गर्न सकिनेछ । आज यहाँलाई तीन अंक, हरियो रङ्ग फाप्नेछ भने हनुमानवीरलाई खुशी बनाउनु थप हितकर हुनेछ ।
तुला राशिः
तुला राशि हुनेहरुको लागिआजको दिनकेही अदृष्य रोकावटको बाबजुतपनि सकारात्मक नै देखिएको छ । सावधानीपूर्वक वाणी व्यवहार गर्नाले बोलीवचनले मान्छेहरुलाई प्रभाव पार्नसकिने छ । सञ्चित धनको व्यय हुनसक्ने र व्यवसाय आदिबाट आर्थिक आम्दानी हुने, दुबैको सम्भावना रहेको छ । परोपकार एवम् सामाजिक कार्यमा संलग्न हुने मौका मिल्नसक्ने छ भने थोरै प्रयत्नले नाता–कुटुम्ब सम्बन्धमा सुधार ल्याउन सकिने छ । आज यहाँहरुको लागि दुई अंक, सेतो रंग शुभ रहने छ भने अदृष्य रोकावट निवारणको लागि गणेश आराधना हितप्रद हुनेछ ।
वृश्चिक राशिः
वृश्चिक राशि हुने व्यक्तिहरुको लागि आजराहत मिल्ने दिन परेको छ । व्यवसायिक लगानीको अबसर तथा प्रस्ताब आउनसक्ने छ । पार्टनर्शिपको कामबाट भने बच्नु बुद्धिमानी हुनेछ । संस्थागत कार्यकर्ताको लागि भने औपचारिक कार्य आदिमा व्यस्त रहनपर्ने देखिएको छ । विवाह, व्रतबन्ध आदि माङ्गलिक कार्यक्रम आदिमा सरिक हुनपर्ने तथा स्वादिष्ट भोजनको अवसर मिल्ने र उपहार व्यवहार गर्नुपर्ने हुनसक्ने छ । पेशा तथा व्यवसायिक कामबाट अर्थलाभ हुनेछ । शुभेच्छुकजनहरु भेटिने तथा सहयोग जुट्ने छ । समाज सेवा, जागिर एवम् राजनीतिकको क्षेत्रमा पनि ग्रहले अनुकूल प्रभाव दिएको छ ।
धनु राशिः
धनुराशि हुनेहरुको लागिआजको दिनसंघर्षप्रद छ । अल्लि बढी कोसिसले मात्रै थोरै सफलता हात लाग्नेछ । खर्च बढ्ने ग्रहयोग रहेकोले फजुल विषय मन आकर्षित हुनेछ । पारिवारिक आवश्यकताहरु पनि बृद्धि हुने र आर्थिक भार थेग्न हम्मेहम्मे पर्नेछ । आज मानसिक चञ्चलतालाई रोक्न धैर्य र संयम धारण गर्नु उपयुक्त हुनेछ । प्रतिकूलता हटाउन कुमारीदेवीको भक्तिभावले मद्दत दिनेछ । यहाँको लागि आज तीन अङ्क र पहेंलो रङ्ग हितकर हुनेछ भने असहाय क्षेत्रमा दानदिनाले खर्चयोगको दोषलाई न्यूनिकरण गर्न सकिनेछ ।
मकर राशिः
मकर राशि हुने व्यक्तिहरुको लागिआजको दिनपुरुषार्थ बृद्धि हुने खालको रहेको देखिन्छ । मान्छेहरुबाट प्रसंशा मिल्नेछ भने सहयोग प्राप्ति हुनाले चित्त शान्ति हुनेछ । व्यवसायिक व्यस्तता बढ्ने र आर्थिक लाभ गर्न सकिने छ । तथापि परिश्रमविनाको धर्नाजर्न तर्फपनि मन आकर्षित हुनसक्ने छ, जसले नैतिकतामा प्रश्न चिह्न लगाउनसक्ने छ ख्याल गर्नुहोला । विद्यार्थीहरु अध्ययनमा सफल भइने र हौसला मिल्ने छ । यात्रा हुनसक्ने सम्भावना पनि छ । नयाँ व्यक्तिसँग सुमधुरसम्बन्ध स्थापित हुनेछ । आज यहाँलाई दुई अंक, सेतो रङ्ग तथा दीनदुखीको सेवा फापकर हुनेछ ।
कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागिआजमानसम्मान एवम् पदप्रतिष्ठा प्राप्ति हुने दिन रहेको छ । व्यापार व्यवसायबाट राम्रै आर्थिक उपलब्धि एवम् लाभ गर्नसकिने छ । जागिर एवम् राजनीति तथा समाजसेवाको क्षेत्रमा थप जिम्मेवारी मिल्नसक्ने छ । उच्चवर्ग तथा पदस्थ व्यक्तित्त्वहरुसँगको भेटघाटले महत्त्वाकांक्षी पनि बनाउने छ । विशेष विषयको योजनाको बारेमा विचारविमर्श हुनसक्ने छ । महत्त्वपूर्ण नयाँ कार्यको थालनी हुनसक्ने सम्भावना पनि रहेको छ । यहाँलाई आज एक अंक, रातो रङ्ग अनुकूल रहने छ, अपेक्षित उपलब्धिको लागि हृदयदेखि नै हनुमानदेवकोश्रद्धाभक्ति गर्नु अझ प्रभावकारी हुनेछ ।
मीन राशि :
मीन राशिका व्यक्तिहरुको लागिआजको दिनले कोल्टे फेरेको छ तथापि कमजोरी खोज्नेहरू सक्रिय हुने देखिन्छ । यद्यपि विचारमा स्वच्छता आउने तथा आस्था र धार्मिक विचार बढ्नसक्ने छ तथापि कान्तिमा मलिनता देखिने र मानसिक भय पर्नसक्ने सम्भावना पनि छ । कार्यक्षेत्रमा माथिल्लो निकायबाट अपजश तथा दुःखकष्ट आइपर्ने सम्भावनालाई पनि नकार्न सकिन्न तरपनि हिम्मत बढाउन उपयुक्त हुनेछ । सत्प्रयत्नले कार्यक्षेत्रमा लाभ हातपार्न र अवरोध हटाउनसकिने छ । निष्ठा एवम् सिद्धान्तमा नचुक्नु नै तपाईको लागि आज परीक्षाको विषय बन्नसक्ने छ ।
Loading...

Social Buttons