Loading...
जिका भाइरस (Zika Virus अथवा ZIKV) लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने एक प्रकारको भाइरस हो । सन् १९४७ मा अफ्रिकी देश युगाण्डाको जिका भनिने जंगलमा पहेंले ज्वरोको अनुसंधान गरिरहेका बैज्ञानिकहरूले एउटा बांदर पालेका रहेछन्, जुन पछि ज्वरोले थला परेछ । त्यो बांदरको रगत अनुसंधान गर्दा रगतमा बैज्ञाजिकहरूले एउटा भाइरस भेट्टाए जसलाई उनीहरूले जिका जंगलमा फेला परेको आधारमा ‘जिका भाइरस’ नामाकरण गरिदिए । त्यसको ७ बर्ष पछि नाइजेरियामा एउटा मानिसको रगतमा पनि त्यो भाइरस देखा परेको रहेछ । त्यस पश्चात करीब ५३ बर्ष सम्म जिका भाइरस कतै फेला परेन । तर अचानक सन् २००७ मा याप भनिने पश्चिमी प्रसान्तिय टापुका करीब ५० जना मानिसहरूलाई एकै पल्ट छालामा रातो डाबर आउने, आंखा पाके जस्तो रातो हुने, र ज्वरो आउने जस्ता लक्षण देखा परेछन् ।
केही महिना अघि ब्राजिलमा एउटा बच्चाको जन्म भयो, जसको टाउको स्वाभाबिक भन्दा सानो थियो, र केही दिनमै उक्त बच्चाको मृत्यु समेत भयो । तर उसको रगतको परिक्षण गर्दा रगतमा जिका भाइसरको संक्रमण भएको देखियो । त्यसपछि अनुसंधानका आधारमा जिका संक्रमण भएका इलाकाहरूमा टाउको सानो भएर जन्मने बच्चाहरूको संख्या सामान्य भन्दा बीसगुणा बढी भएको प्रतिबेदन ब्राजिल सरकारले जारि गरेपछि यसले सबैलाई झस्काइदिएको छ ।
झट्ट हेर्दा डेङ्गु कै जस्तो लक्षण देखिए पनि पछि रगत परिक्षण गर्दा ती मानिसहरूमा जिका भाइरसको संक्रमण भएको पाइयो, यद्यपी कसैलाई पनि अस्पतालमा लगेर उपचार गर्नु नपरेको र सो संक्रमणको कारण कसैको मृत्यू नभएको हुनाले त्यस घटनालाई खासै गम्भिर रुपमा भने लिइएनछ । तै पनि त्यस बिचमा शरीरमा सेता छिर्कामिर्का भएकोएइडेस एइजिप्टी प्रजातीको प्राय: दिउसोको समयमा सकृय हुने लामखुट्टेको (तस्वीरमा हेर्नुहोला) टोकाइबाट एक ब्यक्तिबाट अर्को ब्यक्तिमा जिका भाइरस सर्दो रहेछ भन्ने कुराचाही बैज्ञानिकहरूले पत्ता लगाइसकेका थिए ।
याप घटनाको ८ बर्ष पछि २०१५ को अपृलमा ब्राजिलमा जिका भाइरस पून: देखा पर्यो; तर यसपल्ट भने यो ब्राजीलमा मात्र सिमीत नभएर थुप्रै दक्षीण अमेरिकी देशहरूमा फैलिएको हुनाले जिका भाइरस गम्भिर स्वास्थ्य चुनौतीको रुपमा देखा परिरहेको छ । केही दिन अघि मात्र अमेरिका, यूरोपेली संघ, क्यानडा र न्यूजिल्याण्ड आदि देशहरूले जिका देखा परेका दक्षीण अमेरिकी देशहरूको भ्रमण गर्नु अघि साबधान हुन आफ्ना नागरिकहरूलाई सतर्क गराएका छन् । त्यस्तै संयुक्त राष्ट्रसंघको वीश्व स्वास्थ्य संगठनले पनि जिका भाइरसलाई वीश्व स्वास्थमा चुनौतीको रुपमा लिएर आकस्मिक कदमहरू चाल्नु पर्ने बताएको छ ।
जिका भाइरसले संक्रमण गरेका मानिस अलिअलि मात्र बिमारी पर्ने र मरि नहाल्ने कुरा बिगतका अनुभवले देखाएका छन् । तै पनि मानिसहरू जिका देखि यति बिघ्न त्रसित हुनाको खास कारण छ । त्यो के भने- जिका भाइरसको संक्रमण भएका गर्भवती महिलाहरूले जन्म दिने बच्चाहरूमा यसले ठूलो खतरा निम्त्याउन सक्ने संकेतहरू देखिएका छन् । केही महिना अघि ब्राजिलमा एउटा बच्चाको जन्म भयो, जसको टाउको स्वाभाबिक भन्दा सानो थियो, र केही दिनमै उक्त बच्चाको मृत्यू समेत भयो । तर उसको रगतको परिक्षण गर्दा रगतमा जिका भाइसरको संक्रमण भएको देखियो । त्यसपछि अनुसंधानका आधारमा जिका संक्रमण भएका इलाकाहरूमा टाउको सानो भएर जन्मने बच्चाहरूको संख्या सामान्य भन्दा बीसगुणा बढी भएको प्रतिबेदन ब्राजिल सरकारले जारि गरेपछि यसले सबैलाई झस्काइदिएको छ । जिका भाइरसको संक्रमण र सानो टाउको लिएर बच्चा जन्मिने लक्षणको बिचमा कुनै संबन्ध भएको प्रमाणित गर्ने प्रष्ट बैज्ञानिक आधार हाल सम्म कसैले पनि प्रस्तुत गरेका छैनन्, तै पनि संक्रमण भएका ब्राजिली इलाकाहरूमा बिगत तीन महिनामा करीब ३५०० बच्चाहरू सानो टाउको लिएर जन्मिएका र धेरै जनाको मृत्यू समेत भएको हुनाले ‘चितुवा पनि कराउनु र बाख्रो पनि हराउनु’ जस्तो भएको छ र सबैको संका जिका तर्फ सोझिएको छ । जिकाले दक्षिण अमेरिकी देशहरूलाई कतिसम्म अत्याएको छ भने कोलम्बिया, जमैका, इक्वेडर र एल-साल्भाडोर लगायतका देशले आफ्ना देशका महिलाहरूलाई करीब १ बर्ष सम्मका लागि गर्भबती नहुन सुझाइसकेका छन् ।

जिका भाइरसको संक्रमण नहोस् र नफैलियोस भनेर केही कुराहरूमा साबधानी अपनाउन सकिने रहेछ । जिका फैलाउने लामखुट्टे सामान्यतया दिउसोको समयमा मात्र सकृय हुनेहुंदा, दिउसोको समयमा लामखुट्टेको टोकाइबाट बच्न यथासक्य प्रयास गर्नुपर्ने रहेछ । अमेरिकि रोग नियन्त्रण केन्द्रका अनुसार हलुका जरो आउने, टाउको दुख्ने छालामा राता डाबर आउने, आंखा पाकेजस्तो हुने, जोर्नीहरू दुख्ने जस्ता लक्षणहरू जिकाको संक्रमण हुदा देखा पर्ने रहेछन् । यस्ता लक्षण देखा परेमा प्रसस्त आराम गर्ने, झोल र सुपहरू पिउने गर्नु पर्ने रहेछ । माथि उल्लेखित लक्षणहरू देखिदा प्राय हामी एस्पीरिन्, ब्रुफिन जस्ता दबाई खाने गर्छौं; तर डेङ्गु र जिका भाइरसका लक्षण देखा पर्दा आफू खुसी एस्पीरिन्, ब्रुफिन जस्ता दबाई खान नहुने रहेछ । खानै परेको खण्डमा पनि ‘एसिटामिनोफिन’ तत्व भएको दुखाइ कम हुने दबाई खाने नत्र चिकित्सकको सल्लाहमा मात्र दबाई खानु बान्छनिय हुने रहेछ । जिका भाइरस करीब १ हप्तासम्म बिमारिको शरीरमा सकृय रहने हुदा जिकाको लक्षण देखा परेको एक हप्तासम्म लामखुट्टेले टोक्न पाएन भने आफूबाट अरूमा त्यो भाइरस नसर्ने भएकाले जिकाको लक्षण देखिएको एक हप्ता सम्म लामखुट्टेको टोकाईबाट बच्नु पनि निकै महत्वपूर्ण हुने रहेछ ।
अमेरिकि रोग नियन्त्रण केन्द्रले जारी गरेको सूचनामा हाल सम्म जिका भाईरस दक्षिण अमेरिकाका बार्बाडोस, बोलिभिया, ब्राजील, कोलम्बिया, डोमिनिकन रिपब्लिक, इक्वेडोर, एल-साल्भाडोर, फ्रेन्च गुयना, ग्वाडेलोप, गुयना, हैटी, होण्डुरस, मार्टिनिक, मेक्सिको, पानामा, पाराग्वे, पोर्टोरिको, सेन्ट मार्टिन, सुरिनाम, यूयस भर्जिन आइल्याण्ड, भेनेजुयला आदि देशमा देखिइसकेको छ । त्यस्तै प्रसान्तिय टापू सामोआ र अफ्रिकाको केप भर्डेमा पनि यो भाइरस देखिएको छ । एसिया र दक्षिण एसियाका देशहरूमा यसको संक्रमण हाल सम्म नदेखिएको भएता पनि संक्रमणको रफ्तारलाई हेर्दा यो हाम्रा देशतिर पनि नआउला भन्न सकिदैन । तसर्थ, नेपालबाट उक्त देशहरूमा जाने नेता, ब्यापारी, शैनिक, प्रहरी, खेलाडी तथा अन्य नागरिकहरूले निकै सचेतता अपनाउनु बेश हुन्छ । उक्त देशहरूको भ्रमणमा रहदा खास गरि दिउसोको समयमा लामखुट्टेको टोकाईबाट बच्न भरमग्दुर प्रयास गर्नु जरुरी हुन्छ । कथंकदाचित जिकाको संक्रमण देखा परेमा भाईरसलाई निस्कृय पारेर मात्र स्वदेश फर्कन सकेको खण्डमा आफू भाईरस सार्ने माध्यम हुनबाट बच्न सकिने हुनाले संक्रमण पछिका १०-१२ दिन उतै बसेरमात्र फर्कनु पनि बुध्दिमानी हुने देखिन्छ ।
Loading...
Social Buttons