Loading...
लाजिम्पाट पुगेर भारतीय राजदूत रेले मंगलबार दिउँसो एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रचण्ड निकट स्रोतका अनुसार आत्तिँदै प्रचण्ड दरबार छिरेका भारतीय राजदूत रेले प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो भ्रमण भारतबाटै हुनुपर्ने सन्देश प्रचण्डलाई सुनाएका छन् ।
मधेसका माग सम्बोधनका लागि संविधान संशोधन गरेपनि नाकाबन्दी नखोलेको भन्दै पछिल्लो समय प्रधानमन्त्री ओलीले पहिला चीन जाने तयारी गरिरहेका छन् । यो सूचना थाहा पाएपछि राजदूत रे आत्तिँदै प्रचण्डलाई भेट्न लाजिम्पाट पुगेका हुन् ।
यता प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण दुई देशको सम्बन्ध सुधार, नयाँ उचाई दिनका लागि भएपनि भारतले बहानाबाजी गरेको, वातावरण सहज नबनाएको, सम्बन्ध सुधार्न नचाहेको र नाकाबन्दी नखोलेको भन्दै चीन जाने मनस्थितीमा पुगेका छन् । एमाओवादी अध्यक्ष प्रचण्ड पनि नाकाबन्दी नखुलेसम्म प्रधानमन्त्री भारत भ्रमणमा जान नहुने पक्षमा छन् ।
लाजिम्पाटमा झण्डै डेढ घण्टा भएको भेटवार्तामा भारतीय नाकाबन्दी, मधेस आन्दोलन र दलहरुबीच भईरहेको छलफलको प्रगतिबारे पनि छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
भेटका क्रममा प्रचण्डले पाँच महिनादेखि जारी नाकाबन्दी छिटोभन्दा छिटो अन्त्य गर्न भारतीय राजदूतलाई आग्रह गरे । उनले नाकाबन्दी नहटेसम्म प्रधानमन्त्रीले भारत भ्रमण नगर्ने कडा जवाफ समेत फर्काए । त्यसपछि राजदूत रे निराश हुँदै फर्किए ।
Loading...
Social Buttons