Latest News

यस कारण कोरियाले एक हजार नेपाली कामदारको नाम हटायो !!!

काठमाडौं, १९ माघ । रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत दक्षिण कोरिया जानका लागि योग्य सूचीमा रहेका मध्ये १ हजारको नाम हट्ने भएकोे छ ।
सन् २०१३ मा भाषा परीक्षा उत्तीर्ण गरेका कामदारको रोस्टर अबधि २ वर्ष पुगेकाले नाम हट्न लागेको हो । कारोबार दैनिकले समाचार छापेको छ ।
सन् २०१३ मा उत्तीर्णमध्ये करिब हजार कामदारको अझै पनि श्रम सम्झौता आइनसकेकाले कोरिया जाने सूचीबाट हट्न सक्ने सम्भावना रहेको इपीएस कोरिया शाखाले जनाएको छ ।
सूचीबाट नाम कोरियाको मानव संशाधान विभागले हटाउनेछ । ती कामदार २ वर्षदेखि कोरिया जाने पर्खाइमा छन् । रोस्टरबाट हट्नेमध्ये कृषि क्षेत्रमा उत्तीर्णहरु हुन् ।
कृषि क्षेत्रमा नेपालीको न्यून माग छ । सने २०१३ मा ८ हजार ५१ कामदार उत्तीर्ण भएका थिए ।
Loading...