Latest News

शुक्रबारदेखि पेट्रोल र डिजेल सहजै पाइने, दैनिक साढे ३ लाख लिटर वितरण हुँदै !!!

२८ माघ, काठमाडौं । सरकारले शुक्रबारदेखि दैनिक साढे ३ लाख लिटर पेट्रोल र साढे चार लाख लिटर डिजेल काठमाडौं उपत्यकाका सबै पेट्रोलपम्पहरुबाट वितरण गर्ने भएको छ ।

वीरगञ्ज नाका खुलेपछि बिहीबार पहिलोपटक आपूर्ति मन्त्रालयमा सरोकारवालाहरुको बैठक बसेको थियो । बैठकले आपूर्ति सहज भएको निष्कर्ष निकाल्दै शुक्रबारदेखि दैनिक साढे ३ लाख लिटर पेट्रोल र साढे ४ लाख लिटर डिजल बाँड्ने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए ।
उनका अनुसार मोटरसाइकल र स्कूटरहरुलाई एकपटकमा भने ५ लिटरभन्दा बढी पेट्रोल दिइने छैन । यसैगरी चारपांग्रे गाडीहरुले एकपटकमा १५ लिटरभन्दा बढी पाउने छैनन् ।
onlinekhabar
Loading...