Latest News

भारतले नाका खोलेको चार दिनपछि चीनले यसरी गर्यो नाकाबन्दी !

kerung-naka2
माघ । भारतल लगाएको अघोषित नाकाबन्दी खुलेको तीन दिन वित्न नपाउँदै चीन तीरको उक मात्र ठुलो नाका केरु–रसुवागढी बन्द भएको छ ।
चिनियाँ नयाँ वर्ष र ल्होसार पर्वका कारण कर्मचारी विदामा बसेको भन्दै चीनले उक्त नाका बन्द गराएको हो । रसुवा भन्सार कार्यालयका प्रमुख केदार घिमिरेले पनि उक्त नाका बन्द भएको बताए ।
उनले चीनको भन्सार कार्यालयका सबै कर्मचारी ल्होसार मनाउन जाँदा नाका बन्द भएको बताए । केरुङ–रसुवागढी हुँदै दैनिक तीस देखि ४० कन्टेनर नेपाल आउने गरेका थिए ।
स्याउ, तयारी कपडा, ज्याकेट, कस्केटीक सामान, विद्युतीय सामान लगायतका वस्तु चीनबाट आयात हुँदै आएको छ । ती सामानहरु चीनको गोन्झाउ र ल्हासाबाट केरुङहुँदै रसुवागढी भित्रने गरेका थिए ।
करिब १५ दिनसम्म चिनियाँहरुले ल्होसार मनाउने भएकाले त्यतीन्जेल नाका बन्द हुने घिमिरेले बताए । 
Loading...