Latest News

गौशला चाबहीलमा गुण्डागर्दी गर्ने ११ पक्राउ !!!

काठमाडौँ, ९ फागुन ।
रेष्टुरेन्टहरुमा झगडा गर्ने र खुकुरी हान्ने शंकर लुहार जेल चलान भएका छन् । ज्यान मार्ने उद्योग मुद्दामा अदालतले उनलाई पुपक्र्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
लुहारसहित गौशला तथा चाबहील क्षेत्रमा गुण्डागर्दी गर्ने ११ जना पछिल्लो ६ महिनामा पक्राउ परी सजाय भोगिसकेका छन् । गत २१ कात्तिकमा बिजेन्द्र कुँवर, प्रदिप देउला, दिनेश डंगोल र राकेश मुनकर्मीलाई पक्राउ गरेको थियो । गौशला चोकमा रहेको लाल दरबार दोहोरी साँझमा कुटपिट गरेको घटनामा उनीहरु पक्राउ परेका थिए ।गत १७ माघमा लुहारलाई महानगरीय प्रहरी वृत्त गौशलाले पक्राउ गरेको थियो । उनले गत ३० पुसमा चाबहीलस्थित सेभेन एलभेन डान्सबारका संचालक अमर बहादुर पाख्रिनलाई खुकुरी हानेका थिए । डान्सबारको स्वामित्व विवादमा पाख्रिनकै पार्टनर रमेश बटाला लगायतले लुहारलाई पैसा दिएर आक्रमण गर्न लगाएका थिए । घटनाको १७ दिनपछि पक्राउ परेका उनी जेल चलान भएका हुन् । अधिकांश ज्यान मार्ने उद्योग मुद्दामा अभियुक्तहरु धरौटीमा छुट्ने गरेकोमा यस मुद्दामा पनि अभियुक्त जेल गएका छन् । लुहार लामो समयदेखि गुण्डागर्दीमा संलग्न व्यक्ति भएको गौशला वृत्तका डिएसपी सुरेन्द्र मैनालीले बताए । लुहार चाबहीलको ग्यालेक्सी डान्सबारका बाउन्सर हुन् । पैसा लिएर मान्छे मार्नेसम्मको काम गर्न उनी पछि नपर्ने स्वभावका व्यक्ति हुन् ।
त्यस्तै ६ भदौमा गौशला, रातोपुल तथा कालोपुल क्षेत्रमा सडक मर्मत गर्ने ठेकदारहरुलाई धम्काएको आरोपमा असमि भन्ने निसान गुरुङलाई प्रहरीले पक्राउ गरेका थिए । ९ भदौमा कुमारीगालमा छुरा हान्ने प्रबीण नेपाली र जीवन सुन्दासलाई पनि वृत्तले पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्दामा कारबाही गरेको थियो । तर उनीहरुलाई अदालतले साधरण तारेखमै छाडिदिएको थियो ।
गौशलामा फुटपाथ व्यवसायीहरुलाई लामो समयदेखि धम्काएर पैसा असुल्दै आएको सबिन खग्डीको समूहलाई पनि प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेपछि फुटपाथ व्यवसायीले वर्षाैपछि हप्ता गुण्डाहरुलाई हप्ता बुझाउनुपर्ने अवस्था अन्त्य भएको छ । गौशला वृत्तले गत २८ असोजमा खड्गीसहित उनको समूहका टिकाराम जिमी र बुदेन लिम्बुलाई पक्राउ गरी मुद्दा चलाएको थियो । गुण्डाविरुद्ध प्रहरी आक्रामक बनेपछि पछिल्लो समय सर्वसाधरणले पनि गुण्डाविरुद्ध उजुरी दिन थालेका छन् । प्रहरी आक्रमक भएकै कारण गुण्डार्दी पनि कम भएको छ । स्रोत: दृष्टि अनलाइन
Loading...