Latest News

सुशील’दाको मृत्युबारे स्वकीय सचिव अतुल कोइरालाको यस्तो खुलासा




सुशील कोइरालाका माइला दाइ विजय कोइरालाका छोरा अतुल कोइराला पेसाले कम्प्युटर इन्जिनियर हुन् । दोस्रो संविधानसभामा कांग्रेसले पारदर्शिताका लागि अनलाइनबाट चन्दा उठाउने वेलादेखि अतुल काका कोइरालासँग जोडिए । कोइराला प्रधानमन्त्री भएपछि अतुलले स्वकीय सचिव हुने मौका पाए । बालुवाटारमा १९ महिना र त्यसपछि महाराजगन्जमा चार महिना कोइरालासाग नजिक हुने मौका पाएका अतुल सुशीलको अन्तिम क्षणसम्म पनि सागै थिए । यी सबैका साक्षी उनले २६ गते बिहान १२ः५० मा निधन भएका सुशील कोइराला र उनको स्वास्थ्य अवस्थाबारे बताएको कुरा नयाँ पत्रिकाले छापेको छ  ।
क्यान्सरलाई जितेपछि आशावादी
सुशील’दालाई आफ्नो रोगबारे खासै चिन्ता थिएन । उहाँ मैले क्यान्सरलाई पनि खाइसकेँ, अब मलाई केही हुँदैन भन्नुहुन्थ्यो । क्यान्सरलाई जितेको हुनाले म आफ्नो जीवनप्रति आशावादी छु भन्नुहुन्थ्यो । आफ्नो स्वास्थ्य र देशकै विषयलाई लिएर पनि आशावादी कुरा गरिरहनुहुन्थ्यो । काम सुरु गरेपछि उद्देश्यमा पुग्नैपर्छ भन्ने सोच उहाँमा थियो । धेरैले संविधानसभा निर्वाचन हुँदैन भन्थे अघिल्लो दिनसम्म । तर, उहाँको भने एउटा हठ थियो, चुनाव हुन्छ, हुन्छ । । चुनाव भयो । कांग्रेसलाई ठूलो पार्टी पनि बनाउनुभयो । त्यसपछि ८ माघमा संविधान बनाउने उहाँको प्रतिज्ञा थियो । तर, आउन नसकेपछि प्रतिज्ञा गरेको काम पूरा भएन भनेर निकै दु:ख मान्नुभयो । मैले मात्र गरेर हुँदैन । ६०१ को भाउ बुझेर बनाउनुपर्छ भन्नुहुन्थ्यो । तर, उहाँको लगावले अन्तत: संविधान आइछाड्यो ।

अक्सिजन लिनुपथ्र्यो

जिब्रो र फोक्सोको बिरामी पनि हो उहाँ । यसलाई सिओपिडी पनि भन्छन् । डाक्टरहरूले वेलावेला अक्सिजन लिन सुझाब दिँदै आएका हुन् । सिओपिडीको नेचरले पहिल्यै अक्सिजनलाई प्राथमिकता दिन्छ । तर, उहाँले जहिले पनि म स्वस्थ छु, मलाई केही भएको छैन, अक्सिजन लिन लगाएर मलाई बिरामी नपार भन्नुहुन्थ्यो । पहिल्यैदेखि डाक्टरले अक्सिजन लिनु भनेका हुन्, तर उहाँले नियमित लिइरहनुभएको थिएन । बालुवाटारमा पनि धेरैपटक लिनका लागि डाक्टरले आग्रह गरेका थिए । सिओपिडीको बिरामी सबैले लिन्छन् । गिरिजाबाबुले पनि लिनुहुन्थ्यो । प्रकाशमान सिंहको सिओपिडी होइन, तर उहाँ पनि अक्सिजन लिनुहुन्छ । दूषित काठमाडौंमा अक्सिजन लिनु ठूलो कुरा होइन । उमेर र रोगका कारणले पनि लिनुपर्छ । उहाँ प्राय: राति सुत्ने वेला अक्सिजन लिनुहुन्थ्यो । चिसोमा बढी अक्सिजिन लिनुपथ्र्यो ।
अमेरिकाबाट फर्केपछि चिसो बढ्यो 
अमेरिकामा फलोअप गर्दा क्यान्सर थिएन । तर, सिओपिडी त्यस्तै थियो । उता पनि चिसोकै वेला थियो । संविधान निर्माणदेखि सबै प्रेसरबाट उहाँलाई ‘रिलिफ’ चाहिएको थियो । उपचारका क्रममा हामी दुई–तीनवटा राज्य पनि घुम्यौँ । रिफ्रेस गराउने प्रयास गरायौँ । न्युयोर्क, पेन्सिलभेनिया, फ्लोरिडा र क्यालिफोर्निया घुम्यौँ । तर, क्यालिफोर्निया घुम्दा हिउँ पर्‍यो । त्यसले पनि चिसो बढायो । नेपाल फर्केपछि अक्सिजन लिनुपर्ने कुरा भयो । त्यसपछि श्वासमा अलि समस्या देखियो, चिसो लागिसकेको रहेछ । सामान्य हिँड्दा केही हुँदैनथ्यो, तर उकालो हिँड्दा समस्या हुन्थ्यो । त्यही क्रममा अक्सिजन लिनुहुन्थ्यो । चिसोबाट बचाउनैपर्ने थियो । सिओपिडीका कारण चिसोबाट टाढै बस्नुपर्छ भन्नेमा उहाँ हुनुहुन्थ्यो । अरू ‘फर्दर’ उपचार घरमै राम्रो चलेको हो । समस्या हुँदा जतिखेर पनि घरमै आएर निजी डाक्टर करवीरनाथ योगीले उपचार गर्नुहुन्थ्यो ।

२५ गते के भयो ? 

अन्तिम अवस्थामा सुशील’दालाई उठाएर लान सक्ने अवस्था थिएन । उहाालाई गाह्रो भएको अन्तिममा मात्रै हो । तर, मान्छेले अनावश्यक हल्ला फिाजाए । उहाा कुरा गर्दागर्दै जानुभएको हो । डाक्टरले कताकता एम्बुलेन्सतिर फोन पनि गरिरहनुभएको थियो । त्यस्तै आधा घन्टाजति अगाडि होला । म अरू फोनमा थिएा, कति कल गर्नुभयो थाहा भएन । अवस्था नै त्यस्तै थियो । डाक्टर नै ‘हेल्पलेस’ हुनुहुन्थ्यो । फोन नै नउठेपछि के गर्नु ? अस्पतालको फोन नउठेकै हो । अन्तिम अवस्थामा सुशील’दालाई उठाएर लान सक्ने अवस्था थिएन । उहाालाई गाह्रो भएको अन्तिममा मात्रै हो । तर, मान्छेले अनावश्यक हल्ला फिाजाए । उहाा कुरा गर्दागर्दै जानुभएको हो । डाक्टरले कताकता एम्बुलेन्सतिर फोन पनि गरिरहनुभएको थियो । त्यस्तै आधा घन्टाजति अगाडि होला । म अरू फोनमा थिएा, कति कल गर्नुभयो थाहा भएन । अवस्था नै त्यस्तै थियो । डाक्टर नै ‘हेल्पलेस’ हुनुहुन्थ्यो । फोन नै नउठेपछि के गर्नु ? अस्पतालको फोन नउठेकै हो ।
म धापासी बस्छु । निवास महाराजगन्ज आउन जम्मा १५–२० मिनेटको बाटो हो । राति उहाँ सुतेपछि मात्र जान्थेँ । बिहान ६–७ बजे आइसक्थेँ । प्रधानमन्त्री हुँदा र पछि पनि जरुरत परेको वेला उहाँ बसेकै घरमा पनि बस्थेँ । नत्र प्राय: उहाँ सुतेपछि जान्थेँ, नउठ्दै आइसक्थेँ । प्रधानमन्त्रीबाट उहाँ मुक्त भएपछि महाराजगन्जमा म धेरै बसिनँ । दिनभर हुन्थेँ । राति उहाँ सुतेपछि म जान्थेँ । तीन–चार दिनदेखि क्रियाशील सदस्यतासम्बन्धी विवादका कारण धेरै प्रेसरमा हुनुुहुन्थ्यो । अरू बैठकका प्रेसर पनि त्यत्तिकै थियो । यी सबै काममा व्यस्त हुँदा उहाँले मलाई ज्वरो आयो, अलि गाह्रो भयो भन्नुभयो । डाक्टरबाट चेकअप गरायौँ । डाक्टरले सामान्य हो, पर्‍यो भने अस्पताल जानुपर्छ, सिओपिडी बिरामीलाई यस्तो हुन्छ भन्नुभयो । उहाँलाई रुघाखोकी, ज्वरो आउने जहिल्यै भइरहन्थ्यो । मुटुरोग विशेषज्ञ डा. मानबहादुर केसीले पनि दुई दिनअघि हेर्नुभएको थियो ।
एक दिनअघि (२४ माघ) मा मेरो मुख मीठो छैन, खाना खान्नँ भन्नुभयो । तैपनि, अलिकति भने खानुभयो । अक्सिजन लगाइरहनुभएकै थियो । अक्सिजन लगाउँदै कुरा गर्ने र घरमै हिँडडुल गरिरहनुभएको थियो । दुई–तीन घन्टा गफ गर्नुहुन्थ्यो । उहाँले अघिल्लो दिन खाना खानुभएको थियो । भोलिपल्ट (२५ माघ)मा थोरै जाउलो खुवायौँ । छिट्टै त्यस्तो होला भन्ने हामीले कल्पनै गरेका थिएनौँ । किनकि, डा.साब पनि सँगै हुनुहुन्थ्यो । जतिखेर भन्यो आइहाल्नुहुन्थ्यो । उहाँले मनिटर गरिरहनुभएको थियो । श्वासप्रश्वास, प्रेसर, अक्सिजन सबै हेर्दा अवस्था नर्मल थियो । ठूलो समस्या थिएन । उहाँलाई यस्तो खालेको बिसन्चो भइरहने भेटघाटका लागि आउने कार्यकर्तादेखि मिडियासम्म सबैलाई थाहा थियो । कार्यकर्ता पनि अलि–अलि भेट्नुभएको थियो । २४ गतेसम्म दुई–चारजना कार्यकर्तासँग पनि घरमै भेट गर्नुभयो । २५ गते कार्यकर्तासँग भेट भएन । काठमाडौं कांग्रेसका सभापति भीमसेन दास प्रधानले दुई दिनअघि भेटेरै जिल्ला अधिवेशन उद्घाटनको प्रमुख आतिथ्यका लागि निमन्त्रणा दिनुभयो । २५ गते बेलुका पनि उहाँ आउनुभयो, तर सुशील’दासँग भेट भएन, मैले भीमसेनदासजी आउनुभएको थियो भन्ने सन्देश लगिदिएँ । भोलि जान सकिन्छ कि सकिँदैन, सन्चो भएन भने नजाने भन्नुभयो । २५ माघमा काठमाडौं कांग्रेसको कार्यक्रममा जाने तालिका थियो, तर मौसम चिसो भएकाले जानुभएन ।
उहाँलाई राति निद्रा पर्दैनथ्यो । निद्रा नपर्ने पहिलेदेखिकै समस्या हो । राति लगभग दुई–तीन घन्टा सुत्नुहुन्थ्यो । दिउँसो पनि एक–दुई घन्टा सुत्नुहुन्थ्यो । उमेरका कारण पनि निद्रा नपरेको होला । निद्रा नलाग्नुका पछाडि राजनीतिक प्रेसर पनि हो भन्ने लाग्छ । उहाँलाई मधेस र पार्टीकै चिन्ता बढी थियो । उहाँले पार्टीको थोरै काम भ्याउनुभएन, तर संविधान दिनेदेखि धेरै थोक गरिसकेरै जानुभयो । अधिवेशनका वेला नेता–कार्यकर्ता जिल्लामै व्यस्त थिए । अलि अस्वस्थ भएकाले कार्यकर्तासँग भेटघाट नगर्ने भन्ने थियो । २५ माघमा डाक्टर बिहानै आउनुभयो, चेक गर्नुभयो । उहाँले सुशील’दाले खाना खान थाल्नुभयो भने बिस्तारै रिकभर हुँदै जान्छ भन्नुभयो । बिहान जाउलो खानुभएको थियो । त्यो दिन सिरहा र अन्य केही जिल्लाका एक–दुईजनासँग फोनमा कुरा गर्नुभयो । उहाँका सबै फोन मैले नै उठाउँथेँ । महाधिवेशनको चाप भएर पनि होला, प्रधानमन्त्री हुँदा भन्दा बढी फोन आउन थालेको थियो । निरन्तरको फोनले गर्दा त्यो दिनको अवस्था पनि सम्झन गाह्रो छ ।
दिउँसो ठीकै थियो । बेलुका पनि डाक्टर आउनुभएको थियो । ७ बजेतिर आउनुभयो, केही त्यस्तो पर्‍यो भने अस्पताल जानुपर्छ भन्ने कुरा भइराखेकै थियो । उहाँले दिउँसो अस्पतालमा बेड बुक गरेको भन्ने पनि सुनियो । तर, मलाई थाहा भएन । डा. शशांकले पनि दिउँसो आएर हेरेर जानुभएको थियो । उहाँ दिनहुँजस्तो आउनुहुन्थ्यो, एक छिन गफ गरेर जानुहुन्थ्यो । ‘वेल एन्ड फाइन’ भन्नुहुन्थ्यो । बेलुका उहाँले हेरेर जाँदा पनि अवस्था सामान्य नै थियो । बेलुका ८ बजेतिर अलिकति जाउलो खानुभयो । नियमित खाँदै आएको औषधि खानुभयो । उहाँ सुत्ने तर्खरमा लाग्नुभयो । तर, कहिले दिसा लाग्यो, कहिले पिसाब लाग्यो भनिरहनुभएको थियो । क–कसको फोन आइरहेको छ भनेर सोध्नुहुुन्थ्यो । म सबै भनिदिन्थेँ । जिल्लाहरूबाटै फोन आएका हुन्थे । ‘छोड यार, जति मिलाउन खोजे पनि आफैँ मिल्दैनन्’ भन्नुभयो । सायद उहाँलाई प्रेसर धेरै नै थियो ।
उहाँलाई पार्टीको चिन्ता धेरै थियो । अन्तिम क्षणतिर डा. साब, म र अर्को कृष्ण भाइ त्यही थियौँ । मैले दिउँसैदेखि छाडेको थिइनँ । अधिवेशन चलिरहेको वेला भएर पनि होला, ८–१० दिनदेखि १०–१२ बजेसम्म पनि फोन आएकोआयै हुन्थ्यो । फोन नउठाउन पनि मिलेन, फोन नै समातेर सुत्नुपर्नेजस्तो अवस्था आयो । डाक्टरले हेर्नुभयो । डा.साबले अस्पताल लानुपर्छ कि भन्नुभयो । उहाँले ‘अस्पताल त म जान्नँ, के हुन्छ यहीँ गर’ भन्नुभयो । यो ८ देखि १०–११ बजेसम्मको कुरा हो । डाक्टरले एन्टिबायोटिकसहितका सबै औषधि चलाउनुभयो । त्यतिखेरसम्म पनि त्यस्तो ठूलो समस्या देखिएको थिएन । अचानक ‘डिटोरेट’ भएको समयमा फस्र्ट एड (प्राथमिक उपचार) दियौँ । त्यसले गर्दा पनि अस्पताल लान सकिएन । किनभने उहाँलाई उठाएर लान सक्ने अवस्था थिएन । गाह्रो भएको अन्तिममा मात्रै हो । तर, मान्छेले अनावश्यक हल्ला पिँmजाए । उहाँ कुरा गर्दागर्दै जानुभयो । बिरामीलाई झर्को लाग्ने कुरा त हामीले गर्नै भएन । हामी त के छ, ठीक छ भन्ने मात्र त हो । दुख्यो भने हामीले सम्झाउने गफ गरिरहेका हुन्थ्यौँ । यस्तो हुँदा पनि कुरा त भइरहन्छ नि । निद्रा नलाग्नेजस्तो भएको थियो । अप्ठ्यारो त्यस्तो थिएन, तर अलि ‘विक’ (कमजोर) हुनुहुन्थ्यो ।
अस्पताल लाने विषयमा उहाँसँग सल्लाह गर्नुपर्ने कुरा त होइन । हामीले नै लैजाने हो । डाक्टरले नै लाने हो । डाक्टर बिहानैदेखि निगरानीमा हुनुहुन्थ्यो । तर, मलाई लाग्छ, उहाँलाई अस्पताल लाने समय नै भएन । एकैपटक गाह्रो भएपछि कसरी उठाएर लानु ? यो विषयमा डाक्टरले राम्रोसित भन्न सक्नुहुन्छ । अन्तिमतिर उहाँले दिसा आयो भन्नुभयो । अन्तिम अवस्थातिर त्यस्तो हुने रहेछ । पछि डाक्टरले भन्नुभयो । भन्छन्, सास जाने वेला त्यस्तो हुन्छ । नाक, कान, आँखा र के–केबाट सास जान्छ भन्ने सुनेको थिएँ । मैले त्यतिवेला एउटै कुरा सम्झिएँ, मेरा आफ्नै बुबा यस्तै घटनाले बित्नुभएको थियो । तर, उहाँ भने सुरुदेखि नै अस्पतालमा हुनुहुन्थ्यो । हस्पिटलमा हुँदा पनि बुबा यसरी नै जानुभएको थियो, त्यो डाक्टरको वशमा थिएन । उहाँले दिसा आयो भन्दा अन्तिममा उठाउने अवस्था नै थिएन, त्यसैले त्यहीँ गरिदिनुस् भन्यौँ । तर, उहाँलाई दिसा आएको कारण अर्कै रहेछ, त्यसपछि लामो सास तान्दै हुनुहुन्थ्यो, डाक्टर सुई लगाउनेसहित अन्तिम कोसिस गर्दै हुुनुहुन्थ्यो । म फोनमा कन्ट्याक्ट गर्दै थिएँ । डाक्टरले अस्पताल जानेभन्दा उहाँले ‘मैले बुझेँ’ भन्नुभयो । त्यो नै उहाँको अन्तिम भनाइ रह्यो ।
खाना अलि–अलि रुचिरहेको थियो । रिकभर भइहाल्ला नि भन्ने भयो, तागत आउँछ भन्ने लाग्यो । बाहिर मान्छेले दिउँसै अस्पताल लगेको भए हुन्थ्यो भन्ने चर्चा गरे । तर, डाक्टरले सिरियस छैन जस्तो देख्नुभयो होला । हामीले त भनेकै हौँ, अस्पताल लैजाऔँ भनेर । सुशील’दालाई पनि भन्यौँ, डाक्टरलाई पनि भन्यौँ, पर्‍यो भने जाने हो भन्नुभयो डाक्टरले । सुशील’दा सामान्य व्यक्ति पनि होइन । अधिवेशनको समय छ भन्ने सोचेर नजाने सोच्नुभयो कि । तर, जाँदै नजाने अडान पनि लिनुभएको थिएन । डा. शशांकले पनि पर्‍यो भने अस्पताल जानुपर्छ भन्नुभएको थियो । शशांक साँझ आएर फर्किनुभयो ।
बितिसकेपछि
उहाँ बितेको समय घडी हेरेको अवस्था त होइन, तर १२:४० देखि १२:५५ बीचको समय होला । डाक्टरले उहाँ बितेको समय १२:५० बजे भन्नुभयो । तर, बितिसकेपछि के गर्ने, कसो गर्ने भयो । परिवार र आफन्तलाई फोन गरेँ, तर विडम्बना मध्यरातमा कसैको पनि फोन उठेन । मध्यरात छ, ‘कन्सर्न’का मान्छे अधिवेशनका कारण सबै राजधानीबाहिर थिए । पहिलो फोन राष्ट्रपति डा. रामवरण यादवलाई गरेँ । तर, धेरै बेरपछि उठ्यो । झन्डै ८–१० कल गरेँ । उहाँ ‘सक्ड’ हुनुभयो । ‘नि:शब्द’ हुनुभयो । नबित्दै अन्तिम अवस्थातिर डा. शशांक, शेखर सबैलाई फोन गरिरहेको थिएँ । तर, कसैको फोन उठेन । त्यो मध्यरातमा एकैपटक फोन उठाउने कोही भएनन् । कसैको ‘स्विच अफ’ । कसैको नउठ्ने भयो । डा. शशांक टोखामा बस्नुहुन्छ, पिएलाई फोन गरेर भन्न लगाएँ ।
१ त बजिहाल्यो । शशांकले फोन गर्नुभयो, राजनीतिक रूपमा खबर गरिहाल्ने कि नगर्ने भन्ने कुरा भयो, सबै ठाउँमा अप्ठ्यारो छ, मध्यरात छ भन्ने भयो । तर, खबर त गर्नैपर्ने थियो, भएको कुरा लुकाउने अवस्था होइन । एक घन्टाजतिमा शशांक आउनुभयो । सँगै महामन्त्री प्रकाशमान सिंह पनि आइपुग्नुभयो । डा. शेखरलाई खबर, भयो, सुजातालाई पनि भयो । काकाबाहरू सबैलाई फोन गर्‍यौँ । देउवा दाइसहितका नेतालाई मैले नै खबर गरेँ । सबैतिर हल्ला भइहाल्यो । ३ बजेपछि मिडिया, नेता–कार्यकर्ताको भीड बढ्न थाल्यो ।

अस्पताल नलगिएको बारे 

उहाँको बिमार हाम्रो र डाक्टरका लागि नयाँ थिएन । ठूलो समस्या नभएर पनि अस्पताल लगिएन, मलाई त्यस्तै लाग्छ । एउटा कहावत छ नि, बचाऊ बचाऊ भन्ने, तर मान्छे आउँदा खिसी उडाउने, तर, पछि साँच्चै संकट पर्दा कोही मान्छे नआउने, कतै त्यस्तै पो भयो कि ? तर, एउटा ठूलो मान्छेलाई किन समयमै अस्पताल लगिएन भनेर पब्लिकमा जिज्ञासा उठ्नु जायज पनि हो । अस्पताल लान पाएको भए हुन्थ्यो कि भन्ने एउटा झिनो प्रश्न उठ्नु पनि स्वाभाविकै हो । म एक्लो भएर अस्पताल नलगेको भए सकिनँ भन्ने हुन्थ्यो । तर, उहाँ त कुरा गर्दागर्दै जानुभयो । त्यसैले हामीले त्यसबारे सोच्नसम्म भ्याएनौँ ।
डाक्टरले कता–कता एम्बुलेन्सतिर फोन पनि गरिरहनुभएको थियो । त्यस्तै आधा घन्टाजति अगाडि होला । म अरू फोनमा थिएँ, कति कल गर्नुभयो थाहा भएन । अवस्था नै त्यस्तै थियो । डाक्टर नै ‘हेल्पलेस’ हुनुहुन्थ्यो । फोन नै नउठेपछि के गर्नु ? अस्पतालको फोन नउठेकै हो । मान्छेलाई भनेर कसैले सक्दैन । त्यस्तो अवस्थामा कति गर्न सकिन्छ, डाक्टरले गर्नुभयो । हामी त ‘हेल्पिङ ह्यान्ड्स’ मात्र हौँ । डाक्टरले जे भने त्यही गर्ने हो । त्यो वेला अगाडि जो भए पनि डाक्टरको कुरा काट्न सक्ने अवस्था हुँदैन । एउटा ठूलो मान्छेले समयमै उपचार पाउनुभएन भन्ने विषय पनि बाहिर उठे । उहाँहरूलाई यस्तो लाग्नु ‘नेचुरल’ हो । तर, म इन्जिनियर भएको नाताले जहिले पनि रिभर्स हेर्ने गर्छु । अधिवेशनले धेरै ‘स्ट्रेस’ थियो । अरू मान्छेले भए खप्न नै सक्ने थिएनन् होला । मोरङमा देउवा पक्षले जित्दै छ भन्ने पनि पहिल्यै थाहा थियो ।

बाथरुममा लड्नुभएको होइन, धरमराउनुभएको हो
बाथरुममा लड्नुभएको भन्ने सबै बकवास हो । झ्वाट्ट उठ्न खोज्दा हामी त लड्न खोज्छौँ । तर, जे पायो त्यही मिडियामा लेखियो । लडेको भए त हामी पनि लडेको भनिहाल्थ्यौँ नि । ‘विकनेस फिल’ गर्नुभएको थियो । दुई दिनअघि बाथरुमा धरमराउनुभएको थियो । २४ गते राति बेलुकातिर बाथरुममा यस्तो भएपछि भाइ कृष्णले समाएर ल्याए । निधारमा त्यस्तो चोट केही लागेको थिएन । चन्दन लगाउने मान्छे बिहान सधैँ आउँथे । त्यो दिन सुशील’दा बित्नुभएको थाहा पाएपछि ओरिजिनल चन्दन, गंगाजल ल्याएर अलि धेरै लगाइदिए । इन्जेक्सन दिँदा सिरकमा अलिकति रगत लाग्यो, तर त्यसैलाई आधार बनाएर बाहिर अनर्गल प्रचार गरियो ।
Loading...