Latest News

अब राजेन्द्र महतोलाई मधेसमा ‘नो इन्ट्री’ !

काठमाण्डु, २४ माघ– मधेस आन्दोलनमा गद्धार गरेको भन्दै मधेसी मोर्चाको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई मधेस प्रवेशमा रोक लगाउने तयारी गरिएको छ ।
RAJENDRA MAHATO  (8)
मोर्चा सम्बद्ध अन्य पार्टीका नेताले मधेस आन्दोलनप्रति गद्धार गरेको भन्दै उनलाई मधेस प्रवेशमा रोक लगाउने तयारी गरिएको मोर्चाका एक नेताले काठमाण्डु टुडेलाई बताए । उनले भने, ‘मधेस आन्दोलन एउटा बिन्दुमा पुग्न लागेका बेला महतोजीले गद्धार गर्नुभयो । हामीले उहाँलाई मधेस प्रवेशमा रोक लगाउने तयारी स्वरुप छलफल गरेका छौा । मोर्चाको बैठक बसी छिट्टै यस विषयमा उचित निर्णय लिनेछौँ ।’
साथै महतोलाई मोर्चाबाट अलग गर्ने तयारी समेत गरिएको छ । महतोले नाकाबन्दीका कारण जनताले धेरै दुःख पाएको भन्दै वीरगञ्ज नाका खोल्नुपर्ने अभिब्यक्ति दिएका थिए ।
स्रोतका अनुसार नाकामा धर्नामा रहेका मोर्चाका कार्यकर्तालाई हटाएर नाका खोलेपछि पुनः नाका बन्द गराउने तयारी गरिएको थियो । तर, यसमा महतोले असहयोग गरेका थिए ।
Loading...