Loading...
क्वालालम्पुर, ७ फागुन । मलेसियाले अप्रत्यासित रुपमा आप्रवासी कामदारलाई रोजगारी दिन बन्द गर्ने निर्णय गरेको छ ।
१५ लाख बंगलादेशी कामदार ल्याउने भनि सहमसतमा हस्ताक्षर गरेकै भोलिपल्ट मलेसियाले विदेशी कामदार नल्याउने घोषणा गरेका हो । यो निर्णयले नेपाली कामदार पनि मार्कामा परेका छन् ।
सरकारी समाचार समिति बर्नामाका अनुसार उपप्रधानमन्त्री एवं गृहमन्त्री अहमद जाहिद हमिदीले मलेसियाले सबै स्रोत मुलुकबाट कामदार लिन बन्द गर्ने निर्णय गरेको घोषणा गरेका हुन् ।
बिदेशी कामदारको आबश्यकता कहाँ कति छ भन्ने आबस्यकता हेरी कामदार लिने उपप्रधानमन्त्री हमिदी बताए । मानव संसाधन मन्त्री दातुक सेरी रिचर्ड रियोटले मलेसियामा तत्काल कोही पनि बिदेशी कामदार नल्याईने भन्दै अब सबै क्षेत्रमा स्थानीय कामदारलाई उत्प्रेरित गर्ने बताए ।
बंगलादेशी कामदार मलेसिया ल्याउने भनी सहमति गरेपछि आप्रवासी कामदारका कारण स्थानीयको रोजगारी गुम्ने खतरा बढ्दै गएको भन्दै यहाँको बिपक्षी दलले सरकारको आलोचना गरेको थियो । मलेसियन ट्रेड युनियन काँग्रेसले लाखौ बिदेशी कामदार ल्याउदा स्थानीयको रोजगारीमा असर पर्ने भन्दै बिदेशी कामदार ल्याउनका लागि एउटा राष्ट्रिय आयोग गठन गर्नुपर्ने माग अघि सरेको थियो ।
उपप्रधानमन्त्री दातुक सेरी अहमद जाहीद हामिदीले शुक्रबार थ्रीडि कामका लागि (डर्टी, डेन्जर र डिफिकल्ट) स्थानीयले रुची नदेखाएकाले १५ लाख बंगलादेशी ल्याउन लागेको बताए पनि आज एकाएक यहाँको सरकारले निर्णय बदलेको छ ।
यसको मुख्य असर बंगलादेशलाइ पर्न गएको छ । कुल २१ लाख ३५ हजार आप्रवासी बैधानिक कामदारले मलेसियामा काम गर्दै आएका छन । यसैगरी उपप्रधानमन्त्री हमिदीले लेभीको नयाँ दर लगायतका बिषयमा पुनःविचार गर्ने बताए ।
मलेसिया रहेका अबैधानिक कामदारलाई पुनः बैधानिक बनाउने तथा अबैधानिक कामदारलाई सुरक्षाकर्मी प्रयोग गरि पक्राउ गरिने उनले बताए । पुनःदर्ता कार्यक्रममा सहभागी नहुने अबैधानिक कामदारलाई पक्राउ गर्न सुरक्षाकर्मी परिचालन गरी धरपकड गरिने र पक्राउ परेकालाई उनीहरुकै मुलुकमा फिर्ता गरिने उनले बताए ।
Loading...
Social Buttons