Latest News

भूकम्पले उत्तरी भेगमा चिरैचिरा !!!

गत बैशाखको विनाशकारी भूकम्पका कारण नेपालको उत्तरी हिमाली भेगमा नदेखिने गरी गहिरो र फराकिलो क्षेत्रमा जमिन चिरिएको तथ्य विश्वविख्यात वैज्ञानिकले पत्ता लगाएका छन्। अन्नपूर्ण पोस्टमा समाचार छ। 
 
उनीहरुका अनुसार उत्तरी टेक्टोनिक प्लेटको मुनि सबैभन्दा धेरै पहिरोको घनत्व छ। जमिनमुनिको कमजोर क्षेत्र भूकम्पले हल्लाएको ठूलो क्षेत्र धस्सिएको छ, जहाँ सधै पहिरोका लागि खतरा रहन्छ। 
 
अमेरिकाको अरिजना पोस्टड्याम विश्वविद्यालयका भूगर्भविदले भूउपग्रह तस्वीर र जमिनमुनिको अध्ययन गर्ने आधुनिक प्रविधि प्रयोग गरी पहिरो तथा जमिनको अवस्था अध्ययन गरेका थिए। अध्ययन प्रतिवेदन विश्वप्रसिद्ध साइन्स म्यागेजिनमा प्रकाशित भएको छ। अध्ययनअनुसार जमिनमा चिरा नदेखिएका कारण पहाडी तथा हिमाली भेगको भिरालो भाग आगामी दिनका लागि सबैभन्दा धेरै जोखिमपूर्ण छ। 
 
भूकम्पले पनि जमिन ३० डिग्रीभन्दा भिरालो भएको ठाउँ र जमिन हल्लिने क्रम ०.६ जी (एक्सलारेसन अफ ग्राभिटी) भन्दा बढी भएका ठाउँमा बढी पहिरो र क्षति गरेको तथ्य बैज्ञानिकहरुले सार्वजनिक गरेका छन्।  
Loading...