हालै को दुइ जहाज दुर्घटनामा हिसिला यमी को हात: के गरिन उनले त्यस्तो?
शुक्रबार कालिकोटको चिल्खायामा भएको विमान दुर्घटनामा २ पाइलटले ज्यान गुमाए । पाइलट द्वय दिनेश न्यौपाने र सन्तोष रानाले आफ्नो बलिदानी दिएर यात्रु बचाएको भन्दै उनीहरुलाई राज्यले मरणोपरान्त सम्मान गर्नु पर्ने माग समेत उठिरहेको छ ।उक्त जहाज दुर्घटनाबारे पनि विभिन्न टिका टिप्पणीसहित कारण खोज्ने क्रम पनि शुरु भएको छ । यसै क्रममा नयाँ शक्ति अभियानका संयोगक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकी पत्नि हिसिला यमीको नाम विवादमा आएको छ । स्वर्गीय पूर्वप्रधानमन्त्री सुशील कोइरालाका प्रेस सल्लाहकार रहेका पत्रकार प्रतिक प्रधानले सिङ्गल इञ्जिन जहाज उडाउन अनियमिता दिँदा ठूलो रकमको चलखेल भएको संकेत गर्दै अहिलेको दुर्घटनाको कारण सोही निर्णय भएको संकेत सामाजिक सञ्जाल ट्वीटरबाट गरेपछि हिसिला विवादमा तानिएकी हुन्
Social Buttons