Latest News

यी हुन् विश्वकै क्रुर तानाशाह, जसले फुपाजुलाई १२० शिकारी कुकुरको आहार बनाए

kim-jong1प्योङयाङ । उत्तर कोरियाले बुधबार विहान हाइड्रोजन बमको सफल परीक्षण गरेर विश्वलाई आफ्नो तागत देखाएको छ। नेता किम जोङ उनको जन्म दिनको दुईदिन पहिला उत्तर कोरियाले हाइड्रोजन बमको सफल परीक्षण गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। परीक्षको आदेश उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले दिएको बताइएको छ।
किम जोङ उनलाइ कुनै व्यक्तिदेखि रिउ उठ्यो भने उसलाई सडकमा निर्वस्त्र दौडाउएर भोकाएका सिकारी कुकुरलाई दिने देखि आफ्ना रक्षा प्रमुखलाई तोपले उडाउनेसम्मका हर्कत गर्छन।
किम उत्तर कोरियाका तानाशाह हुन र उनीका पिता र उनका हजुर बुबा पनि तानाशाह थिए। तर उनको कहानी थाहा पाउनुपूर्व उनको अतितको बारेमा केही जानकारी हासिल गरौं।
किम सुरुदेखि नै क्रुर थिएनन्। २०११ मा गद्दी सम्हाल्नुपहिला उनी एक लजालु र भद्र नेताको रुपमा परिचित थिए। मानिसलाई विश्वास नै थिएन की विश्वका सबैभन्दा कम उमेरका राष्ट्रप्रमुखको यस्तो क्रुर रुप देख्नुपर्ला भन्ने सोचेकासमेत थिएनन्।
उत्तर कोरियाका यी तानाशाहले आफ्नो बाल्यकाल स्विजरल्याण्डमा विताए। स्वियजरल्याण्डमा उनी स्कुलको पढाइ पुरा गरे। स्कुलपछि उनी आफ्नो प्ले स्टेशनमा भिडियो गेम खेलेर समय विताउने गर्थे। उनको मित्रता अमेरिकन बास्केटबल खेलाडी डेनिस रोडम्यानसँग थियो। रोडम्यानसँगको संगतले किम व्हिस्की र सेन्ट लरेन्ट चुरोट पिउन थाले। उनको किम जोङ इल गधाको मासु खुव मन पराउँथे। सो कुराको खुलासा उनका शेफले नै गरेका थिए।
North_Korea-1000x0
उनले आफ्ना जनतालाई पश्चिम जगतको बारेमा जानकारी दिने सोच बनाएका थिए। जसका लागि उनले प्योङयाङमा भियतनामी स्टाइलको घोड सवार केन्द्रको स्थापना गर्नुका साथै एक मोरब्याण्ड म्युजिक ब्याण्डको स्थापनासमेत गरे। जसमा काम गर्ने पाँच युवती थिए, उनीहरुले जहिले पनि मिनीस्कर्ट लगाएका हुन्थे।

किम आफ्ना बुवाको तुलनामा धेरै मिलनसार देखाउन उनी केही बच्चासँग डुंगामा बसेर फोटो खिचाउथे भने सिपाहीसँग हात मिलाउँथे। २०११ मा सत्ता सम्हालेपछि किमले सबैभन्दा पहिला आफ्ना उपरक्षा प्रमुखको मोर्टार प्रहार गरी हत्या गरे। केही समयपहिला मात्रै उनले आफ्ना रक्षा प्रमुखलाईसमेत तोपले उडाएका थिए। एउटा मिटिङमा निदाएको भन्दै उनको हत्या गरिएको संचारमाध्यमले जनाएका छन्।
यो कुराले १८ औं शताब्द्धीको अंग्रेज राजको कहानी सम्झाउने भनी संचारमध्यमले टिप्पणी गरेका छन्। उनले २०१३ मा आफ्ना ६८ वर्षीय फुपाजु किम क्योंगलाई विष दिएर हत्या गरेका थिए। किमले फुपाजुको हत्या गर्नुको पछाडी गत वर्ष फुपाजुले श्रीमतीको हत्या गरेपछि त्यसको बदला दिन फुपाजुको हत्या गरेको बताइएको छ। उनले फुपाजुलाई १२० वटा शिकारी कुकुरलाई दिएर हत्या गराएको संचारमाध्यमले जनाएका छन्।
त्यतिमात्र होइन, किमले आफ्नी गर्लफ्रेन्ड, (जो एक गायिका थिइन) को पनि हत्या गरे, किनभने उनीमाथि म्युजिकल ग्रुप पोर्न फिल्म बनाएको आरोप लागेको थियो। केटीबाट घेरिएर बस्नु किमको शोख हो। उनले १४ वर्षको उमेरदेखि रक्सी र चुरोट पिउन सुरु गरेका थिए। सात वर्षको उमेरदेखि नै उनी गाडी चलाउथे।
किमले सत्ता सम्हालेपछि विगत तीनवर्षमा छानिछानी ७० जनाको हत्या गरिसकेका छन्। खबरका अनुसार तीन ७० जना सबै किमका बुवाको अन्तिम संस्कार कार्यमा सहभागी थिए। किमले आफ्ना काकाकोसमेत विभत्स हत्या गराएका थिए।
किम जोङले आर्मी जनरलका जुवाहइकोसमेत हतया गराएका थिए। जसलाई आर्मी अपरेशन प्रमुखको रुपमा नियुक्त गरिएको थियो। २०१४ मा किमले करिब ५० ठूला अधिकृतलाई दक्षिण कोरियाको एक सिरियल हेरी रहेको अवस्थामा गोली हानी हत्या गरेका थिए। त्यतिमात्र होइन किमले एक उच्च अधिकारीलाई बमले यसकारण उडाएका थिए ती अधिकारी किमका बुवाको मृत्युपछि रक्सी पिएर आफ्नो दुख कम गर्दै थिए। नागरिक दैनिकमा समाचार छ ।
Loading...