Latest News

दुखद खबर ; खानेकुरा केही नभएपछि मानिसहरु माटो खान थाले !!!

एजेन्सी– संयुक्त राष्ट्रका अनुसार सिरिया सरकार विद्रोहीको नियन्त्रण रहेको मडायामा मानिसामू मानवीय सहायता पुर्याउन तयार भइसकेको छ ।
madaya siriya
अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार त्यहाँका मानिस भोकमरीको संकटमा छन् जसलाई तत्काल मानवीय सहायता आवश्यक छ ।
राष्ट्रसंघको राहत एजेन्सीले त्यहाँका मानिसहरुको अवस्था निकै नाजुक भएकामे बताइसकेको छ ।
बीबीसीका अनुसार भोकका कारण दुई मानिसको मृत्यु भइसकेको छ । त्यहाँ केही खानेकुरा नभएपछि मानिसले अहिले माटो खान थालिसकेको स्थानीय अब्देल वहाव अहमदलाई उद्धृद गर्दै बीबीसलिे जनाएको छ ।
madaya
मडाया लेबनामको सीमाभन्दा करिब २५ कीमि टाढा छ । जहाँ करिब १ वर्षदेखि नै विद्रोही र सरकार बीच संघर्ष चलिरहेको छ ।
Loading...