Loading...
प्रधानमन्त्री ओलीले प्रधानमन्त्री मोदीलाई आज एक समवेदना सन्देश पठाउँदै आतङ्कवादको जुनसुकै रुप र प्रकटीकरणको नेपाल सरकार निन्दा गर्छ भन्नुभएको छ ।
आक्रमणमा घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सन्देशमा प्रधानमन्त्रीले उक्त आततायी आक्रमणका दोषीहरु चाँडोभन्दा चाँडो कानुनको कठघरामा उभ्याइने विश्वास व्यक्त गर्नुभएको छ ।
सन्देशमा प्रधानमन्त्री ओलीले नेपाल सरकार, नेपाली जनता र आफ्नातर्फबाट प्रधानमन्त्री मोदीमार्फत आक्रमणमा ज्यान गुमाएकाका परिवारजनप्रति हार्दिक समवेदना एवम् सहानुभूति व्यक्त गर्नुभएको छ । रासस
Loading...
Social Buttons