Latest News

खुशीको खबर ; वीरगञ्जमा रोकिएका ८५ बुलेट ग्यास नेपाल भित्रिए !!!

काठमाण्डु, २२ पुस– वीरगञ्ज नाकामा लामो समयदेखि रोकिएर राखिएका ग्यास बुलेटलाई रि–रुट गरेर नेपाल ल्याउन भारतले अनुमति दिएको छ ।
नेपाल आयल निगमले लामो समयदेखि थालेको प्रयासलाई भारतले सकारातमक रुपमा लिँदै सो अनुमति दिएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले काठमाण्डु टुडेलाई जानकारी दिए ।
रक्सौलमा रोकिएका दुई सय ५० मध्ये ८५ बुलेटलाई सुनौली नाका हुँदै नेपाल भित्राउने अनुमति पाएसँगै आजैबाट सो प्रक्रिया सुरु हुने घिमिरेले बताए । उनका अनुसार ती ग्यासका बुलेट एक हप्ताभित्रै नेपाल आइपुग्ने छ ।
हाल काठमाण्डुको संकट टार्न करिब ४० बुलेट ग्यास आवश्यक छ । ८५ बुलेट ग्यास नेपाल भित्रिएमा नेपालको तत्कालिन संकट समाधान हुने छ ।
kathmandutoday
Loading...