Loading...
राजधानी क्वालालामपुरबाट सेतीयाजय भन्ने ठाउंमा जांदै गरेको ट्रेनले सुंगाई वेमा ठक्कर दिएको हो । ज्यान गुमाउने नेपाली भएको पहिचान भएपनि नाम ठेगाना भने खुल्न सकेको छैन ।
दुर्घटनामा पर्ने नेपाली केलांग जानका लागी छोटो बाटो खोज्दा अचानक बिपरित दिशाबाट आएको ट्रेनले ठक्कर दिएको प्रहरीले जनाएको छ । मृतक सुरक्षागार्डमा कार्यरत भएको पेतालिंग जयाका एसपी मोहम्मद जानीलाई उध्रित गर्दै यहांको स्टारअललाईनले खबर छापेको छ ।
मृतकको साथबाट केही कागजात फेला पारेपनि अन्य बिबरण खुलाईएको छैन । शव पोष्टमार्टमका लागी युनिर्भसिटी मलाया मेडिकल सेन्टरमा राखिएको छ ।
Loading...
Social Buttons