Latest News

राजेन्द्र महतोको अवस्था चिन्ताजनक, केहीबेरमा दिल्ली लगिने


शुक्रबार, १७ पुष
धरान धरानको विपी कोइराला मेमोरियल अस्पतालमा उपचाररत सद्भावनाका अध्यक्ष राजेन्द्र महतो थप उपचारका लागि आज भारतको राजधानी दिल्ली जाने भएका छन् ।


दिल्लीमा उपचारकालागि जान धरानबाट महतो हेलीकप्टरमा राजधानीस्थित त्रिभुवन बिमानस्थलमा आउने छन् । त्यहाँबाट एयर इण्डीयाको विमानबाट दिल्ली जाने तयारी भएको सद्भावना स्रोतले बतायो ।
धरानमा उपचार हुन नसकेपछि उनी दिल्ली जन लागेको सद्भावना स्रोतको दाबी छ। यद्यपी महतो डिस्चार्ज हुन नमानेको र उनलाई कुनै समस्या नभएको समाचार आइरहेका छन् ।
मधेसवादी दलका नेताहरुले नै महतोले हिरो बन्न बिरामी भएको नाटक गरेको आरोप लगाइरहेका छन् ।
nepalsandesh
Loading...