Latest News

वीरगञ्जमा राजेन्द्र महतोसँग भिडेका राजीव पहारीले प्रधानमन्त्रीलाई नै छाडेनन् !

Oli-Pahari
काठमाडौं, २१ पुस । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको राजधानी वीरगञ्ज कब्जा गर्न सफल युवा संघका अध्यक्ष राजीव पहारी सोमबार राजधानी फर्किएका छन् ।
राजधानी फर्किएर पहारीले मंगलबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत छाडेनन् । उनले प्रधानमन्त्री ओलीलाई भेटेर तराई मधेसमा तत्काल सुशासन र विकासको पक्षमा कार्यक्रम लैजान आग्रह गरेका छन् ।
युवा संघको जम्बो टोली लिएर बालुवाटार पुगेका पहारीले प्रधानमन्त्रीलाई तत्काल कालोबजारी र मुल्यवृद्धि नियन्त्रण गर्न सुझाव दिए । उनले भने- जनता महंगी र कलोबजारीको मारमा परेका छन् । सरकारले खास केही गरेन् भन्ने गुनासो आएको छ । म तत्काल कालोबजारी र मुल्यवृद्धि नियन्त्रणका एक्शन लिन आग्रह गर्दछु । र यो युवा संघको सुझाव पनि हो ।
पहारीको सुझाव पछि प्रधानमन्त्री ओलीले उनको प्रशंसा गर्दै तत्काल सरकारले एक्शन लिने प्रतिबद्धता जनाए । अध्यक्ष भएको तीन महिनामै विभिन्न रचनात्मक कार्यहरु गरेर चर्चामा आएका पहारीलाई प्रधानमन्त्रीले भने- ‘तपाईहरु अगाडि बढ्नुस्, म साथमा छु ।’
विगत १४ दिनदेखि मधेसमा जागरण अभियान चलाइरहेका पहारी सोमबार मात्रै राजधानी फर्किएर प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन मंगलबार युवा संघको टोली लिएर बालुवाटार पुगेका हुन् ।
साथै प्रधानमन्त्री ओलीलाई युवा संघले मधेसमा सञ्चालन गरेको जागरण अभियान र पहारी नेतृत्वमा आएको तीन महिनामा गरिएका कार्यहरुबारे विफ्रिङ गरेको केन्द्रीय विभागका सदस्य सञ्जीव रोकाले जानकारी दिए ।
प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन युवा इन्चार्ज तथा सञ्चारमन्त्री शेरधन राई, प्रधानमन्त्रीका सल्लाहकार निरु पाल, युवा संघका दिलु पन्त, रमेश पौडेल लगायतका सबै पदाधिकारी बालुवाटार पुगेका थिए ।
यसैबीच कालोबजारी र मुल्यवृद्धिविरुद्ध युवा संघ नेपालले बुधबार नेपाल आयल निगम घेराउ गर्ने रोकाले बताए ।
Loading...