Loading...
काठमाण्डु, २० पुस–पूर्वअर्थमन्त्री रामशरण महत उत्कृष्ट अर्थमन्त्री २०१६ घोषित भएका छन् । लण्डनस्थित द फाइनान्सियल टाइमको सह–प्रकाशन दि बैंकर म्यागेजिनले प्रत्येक बर्ष दिँदै आएको यो पुरस्कार यसपटक महतलाई प्रदान गर्ने घोषणा गरेको हो ।
केही हप्ताभित्रै लण्डनमा विशेष कार्यक्रमको आयोजना गरी डा. महतलाई पुरस्कृत गरिने कार्यक्रम रहेको जनाइएको छ । आफ्नो ९०औं वाषिर्कोत्सवका अवसरमा विश्वभरका बैंकर तथा अर्थशास्त्रीहरुबीच सर्बेक्षण गरी दि बैंकरले महतलाई एसिया प्रशान्त क्षेत्रका मुलुकहरुमध्ये उत्कृष्ट अर्थमन्त्री र समग्र विश्व क्याटेगोरीमा पनि उत्कृष्ठ अर्थमन्त्री घोषणा गरेको हो ।
बैंकरले विगत १४ बर्षदेखि उत्कष्ठ अर्थमन्त्री र उत्कष्ठ गभर्नर पुरस्कार प्रदान गर्दै आएको छ । बैंकरका अनुसार, डा।महत एसिया प्रशान्त क्षेत्र र विश्व क्याटेगोरीमा उत्कृष्ट अर्थमन्त्री पुरस्कार पाउने दक्षिण एसियामै पहिलो हुन् । नेपालको अर्थतन्त्रमा गरेको सुधार र विशेषगरी भूकम्पपछिको पुननिर्माणका लागि अर्थमन्त्रीका हैसियतले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरी स्रोत परिचालन गर्न सफल भएकाले महतलाई पुरस्कृत गरीएको द बैंकरले जनाएको छ । यस्तै भूकम्पपछि उत्पन्न नेपालका चुनौती परिभाषित गरी अर्थतन्त्रको बचाउका लागि निर्बाह गरेको भूमिकाका लागि पनि डा। महतलाई उकृष्ठ छनौट गरीएको आयोजकले जनाएको छ ।
नेपालमा भूकम्प गएको एकहप्ताभित्रै अजरबैजानको बाकुमा आयोजित एसियाली विकास बैंकको वार्षिक बैठकमा उपस्थित भएर डा। महतले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिच्नेगरी प्रभावकारी प्रस्तुति दिएको र पछि नेपालमा दाता सम्मेलन सफल भै ठूलो सहयोग जुटेको म्यागेजिनले उल्लेख गरेको छ ।
नेपालमा भूकम्प गएको एकहप्ताभित्रै अजरबैजानको बाकुमा आयोजित एसियाली विकास बैंकको वार्षिक बैठकमा उपस्थित भएर डा। महतले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिच्नेगरी प्रभावकारी प्रस्तुति दिएको र पछि नेपालमा दाता सम्मेलन सफल भै ठूलो सहयोग जुटेको म्यागेजिनले उल्लेख गरेको छ ।
बि.सं. २०२८ सालमा नेविसंघको महामन्त्री रहेका महत २०४६ को परिवर्तनपछि पटक पटक मन्त्री अर्थमन्त्री भएका थिए ।
Loading...
Social Buttons