Loading...
शुक्रबार विहानै उक्त नाकाबाट मालबाहक गाडी नेपाल भित्रिएका छन् । धर्नामा बसेका आन्दोलनकारीले नेपाल भित्रिएका गाडी रोकेका छैनन् । यो नाकाबाट नेपालमा ७० प्रतिशत आयात हुने गर्दछ ।
धर्नाकारीले अवरोध नगरेपछि मेसेनरी सामग्री बोकेका गाडी नेपाल भित्रिएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो- नाकामा धर्नाकारीको उपस्थिती न्यून छ । सवारी साधन निर्वाध रुपमा आवत जावत गरिरहेका छन् ।
उहाँका अनुसार भारतबाट मालसामान लिएर आएका नेपाली नम्बर प्लेटका पाँचवटा ट्रक शुक्रबार बिहान आठ बजेतिर आन्दोलनकारीले धर्ना दिएकै मितेरी पुलबाट वीरगन्ज प्रवेश गरेका हुन् ।
ना १ ख ९७३६ ,ना १ ख ६७२५, ना १ ख २८९४,ना २ ख २६१५ र ना २ ख ७३११ नम्बरका मालवाहक ट्रक बिहान रक्सौलबाट वीरगन्ज छिरेका हुन् । यस्तै शुक्रबार बिहान वीरगन्ज तर्फबाट पनि सातवटा भारतीय खाली ट्रक मितेरी पुलबाटै रक्सौल गएका छन् ।
Loading...
Social Buttons