Loading...
नेपालको विषयमा वैशाख १२ गतेको भूकम्पपछिका केही तस्बिरहरु निकै भाइरल बने । तर, ती यथार्थतामा आधारित नभएर मानिसलाई मूर्ख बनाइएका तस्बिर थिए । मिल्दो घटनाक्रममा त्यस्ता तस्बिर प्रयोग गर्ने र त्यसलाई संचारमाध्यमबाट प्रशारण गर्ने काम भए । हामीले यहाँ नेपालको विषयमा विश्वभर र केही देशमा चर्चा पाएका केही तस्बिरको यथार्थता खोतल्ने प्रयास गरेका छौँ । जुन प्रस्तुत गरिएको घटनाक्रमसँग मेल खाँदैन । जसले केवल मानिसलाई भ्रम फैलाउने र मूर्ख पार्ने काम मात्र गरे ।
१. ढल्दै गरेको धरहराः
वैशाख १२ गतेको भूकम्पमा ऐतिहासिक धरोहर धरहरा ढलेर धेरैले ज्यान गुमाउनु पर्यो । यो विषयले नेपालमा मात्र नभएर विश्वभर नै चर्चा पयो । यही मौकामा प्रविधिको प्रयोग गरेर धरहरा ढल्दै गरेको तस्बिर भनेर मानिस झुक्याउने काम गरियो । जुन तस्बिर सत्य थिएन तर, यो भाइरल बन्यो ।

२. कैलाली घटनाः
थारु आन्दोलनका क्रममा कैलालीमा एक प्रहरी हवलदारलाई जिउँदै जलाइएको समाचार आयो । समाचार सत्य थियो, घटना पनि भएकै हो तर, त्यस घटनालाई जोडेर गलत तस्बिर प्रयोग गरियो । वास्तवमा यो तस्बिर सन् २०१२ मा फ्लोरिडा राज्यका ५० वर्षीय एक व्यक्तिको हो । उनको नाम म्याथ्यु वाङ हो । सम्बन्धविच्छेद गरिसकेकी पत्नीसँगको प्रतिशोधका क्रममा उनले आफैलाई आगो लगाएका थिए ।

३. भूकम्पको भन्दै भारतले उल्लु बनायोः
दुईजना बच्चाहरु आपसमा अंगालोमा बाँधिएको तस्बिर नेपालमा गएको भूकम्पमा परी आमाबाबु गुमाएका बच्चाको भनि भारतीय संचारमाध्यममा आयो । यसलाई कसैले चार वर्षीय दाइले आफ्नी तीन वर्षीया बहीनीलाई बचाउँदे गरेको भनेर गलत प्रचार पनि गरे । हेर्दै नेपाली जस्ता नदेखिने यी दुई बच्चाहरुको वास्तवमा नेपालको भूकम्पमसँग कुनै सम्बनध थिएन । यो तस्बिर २००७ मा भियतनामको एक गाउँमा ना सन नियन नामक फोटोग्राफरले खिचेका थिए ।

४. नेपालको भूकम्प भन्दै गलत प्रचारः
नेपालमा गएको भूकम्प भन्दै एउटा भिडियो निकै भाइरल भयो । त्यसबाट तस्बिरहरु काटेर संचारमाध्यमले निकै प्रचारप्रसार पनि गरे । तर, वास्तवमा एउटा घर गर्लम्मै ढल्दै गरेको सो तस्बिर नेपालमा गएको भूकम्पको थिएन । त्यो तस्बिर त सिरियामा जारी गृहयुद्धका क्रममा एउटा घर कोल्याप्स भएर ढलेको तस्बिर थियो । तर, यसलाई नेपालको भूकम्पको भनेर फेसबुकले समेत गलत प्रचार गर्यो ।

Social Buttons