Loading...
उक्त भेटघाट कार्यक्रममा अन्य कुटनीतिक व्यक्तित्वहरुभन्दा पनि पाण्डेले दिएको सुझाबका सवालमा सञ्चारमाध्यामहरुले बढी महत्व दिएका छन् । उनले राष्ट्रपति विद्या भणडरी र उनले खेल्नुपर्ने भूमिकाका सवालमा राजतन्त्र कालमा राजाहरुलाई दिने सुझावकै शैलीमा पाण्डेले उकासेको आरोप लगाउँदै एमालेकै मुखपत्र वुधबार साप्ताहिक लगायतले पाण्डेको विषयमा समाचार प्रकाशित गरे । जसका कारण पाण्डेले सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया समेत दिएका छन् । उनले आफुले राजाहरुलाई झै राष्ट्रपतिलाई नउकासेको बरु सञ्चारमाध्यामहरुले भ्रम फैलाउन खोजेको आरोप लगाएका छन् । विशेषगरी उनले एमालेकै मुखपत्र वुधबार साप्ताहिक र त्यसका सम्पादकलाई भ्रम फैलाउने गरी समाचार प्रकाशित गरेको आरोप लगाएका छन् । प्रस्तुत छ, पाण्डेले आफ्नो फेसबुक अकाउन्टमा भनेका छन् :
पछिल्लो आइतबार रास्ट्रपतिले शितल निवासमा म र केही पूर्व राजदुतहरूलार्इ बोलाउनु भएको थियो । कुराको सिलसिलामा विभिन्न सल्लाह दिइएपछि अन्तमा बोल्ने मेरो पालो थियो । त्यसबेला मैले रास्ट्रपतिलार्इ ‘सविधानले तपार्इलार्इ विशेष अधिकार दिएको छैन । तर देश अप्ठ्यारो दिशा तिर गै रहेको छ । नेपालको इतिहास र भूगोल खतरामा पर्ने लक्षण देखिदैछ । त्यसबेला अधिकार नभएपनि इतिहासले तपार्इसग प्रश्न गर्नेछ । कानुन भन्दा माथि सबिधान हुन्छ, सबिधान माथि नैतिक बल Moral Authority हुन्छ । यो बल आर्जनमा लाग्नुस । इतिहास र भुगोल अप्ठ्यारोमा पर्दा यही बल काम लाग्छ, भनेको थिए । यसक्रममा मैले भारतमा पहिलो प्रधानमन्त्री छान्दा गान्धीले नैतिक ताकत प्रयोग गरेको उदाहरण बताएको थिए । यसैगरी पूर्व राजदुत डा जयराज आचार्यसग भएको कुरा नितान्त ब्यक्तिगत थियो । उहाले केही सोध्नु भयो, केही बताउनुभयो र महत्वपूर्ण जानकारी एक्लै भेटेको बेलामा बताउने भन्नु भएको थियो । डा आचार्य मैले सम्मान गर्ने गरेको मित्र हुनुहुन्छ ।
तर एमाले द्रारा सचालित आजको एक साप्ताहिकले यी दुबै विषयमा भ्रम फैलाउने गरी छापेछ । सत्तारूढ पार्टिकै मुखपत्रले एमाले कै पूर्व नेता रास्ट्पति तथा एमाले कै नेतृत्वमा सरकार भएको पृस्टभूमिमा रास्ट्रपति भवनमा भएको तर सार्वजिनक नगरीएका भेट वार्तालार्इ यसरी भ्रम फैलाउने गरी प्रचार गर्नुमा एमाले भित्रको मनमुटाव, खुट्रटा तानातानको प्रभाव हुन सक्छ । तर रास्ट्रपति कार्यालायका वरिस्ठ अधिकारीहरूको उपस्थितिमा आधिकारीकरूपमा अभिलेख राखीएको तथ्यमा अखबारका सम्पादक तथा एमालेका कार्यकर्ताले हेक्का राखेको भए बेश हुन्थ्यो । यदि सत्तारूढ एमालेले रास्ट्रपति कार्यालयमा हुने भेटवार्ताबारे भ्रम फैलाउने रणनीति बनाएको हैन भने भविस्यमा सतर्क हुनु र आफनो मुखपत्रलार्इ मर्यादित बनाउनु हितकर हुनेछ ।
त्यसको प्रतिउत्तरमा वुधबार साप्ताहिकका सम्पादक विष्णु रिजालले पनि आफ्नो फेसबुक अकाउन्टमा भनेका छन् : भर्खरै शीतल निवास पुग्नुभएकी, लोकतान्त्रिक आन्दोलन र विधिको शासनकी पक्षधर राष्ट्रपतिलाई हिजो राजालाई उचाले जस्तो गरी उचाल्नु कति उचित होला ?
राजनीतिमा आकाश–पाताल जोड्न माहिर र हुँदै नभएका कुरालाई पनि मिलाएर गर्न सिपालु श्री पाण्डेले समाचारको मूल कुरालाई फिक्का बनाउन ‘एमालेको मुखपत्र’, ‘एमालेद्वारा सञ्चालित पत्रिका’, ‘एमालेभित्रको मनमुटाव’, ‘खुट्टा तानातानको प्रभाव’ जस्ता कलुषित कल्पना गर्नुभएछ । विगतमा पत्रिका चलाइसकेको र आफ्नै कुरा उल्लेख गर्दा पनि पत्रिका उद्यृत गरेर त्यसलाई आधिकारिकता दिन चाहने श्री पाण्डेलाई चुनौती छ– तपाईंले भनेको कुरा पुष्टि गर्नूस् । तपाईंको जानकारीका लािग– ‘बुधबार’ साप्ताहिक कसको नाममा छ, जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा गएर हेर्न सक्नुहुन्छ, सूचना विभागमा बुझ्न सक्नुहुन्छ ।
राजनीतिमा आकाश–पाताल जोड्न माहिर र हुँदै नभएका कुरालाई पनि मिलाएर गर्न सिपालु श्री पाण्डेले समाचारको मूल कुरालाई फिक्का बनाउन ‘एमालेको मुखपत्र’, ‘एमालेद्वारा सञ्चालित पत्रिका’, ‘एमालेभित्रको मनमुटाव’, ‘खुट्टा तानातानको प्रभाव’ जस्ता कलुषित कल्पना गर्नुभएछ । विगतमा पत्रिका चलाइसकेको र आफ्नै कुरा उल्लेख गर्दा पनि पत्रिका उद्यृत गरेर त्यसलाई आधिकारिकता दिन चाहने श्री पाण्डेलाई चुनौती छ– तपाईंले भनेको कुरा पुष्टि गर्नूस् । तपाईंको जानकारीका लािग– ‘बुधबार’ साप्ताहिक कसको नाममा छ, जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा गएर हेर्न सक्नुहुन्छ, सूचना विभागमा बुझ्न सक्नुहुन्छ ।
जहाँसम्म राष्ट्रपति भवनबाट सार्वजनिक नगरिएको भेटघाटको समाचार लेखियो भन्ने श्री पाण्डेको गुनासो छ, कृपया अहिले नेपालमा राजतन्त्र होइन, गणतन्त्र छ र यो शीतल निवास हो, नारायणहिटी होइन । हिजो जस्तो ‘श्री ५ महारँजधिराजका सम्वाद सचिवालय’ले वक्तव्य सार्वजनिक नगरेसम्म राष्ट्रप्रमुखको समाचार छाप्ने दिन अब छैनन् । निन्द्रामा हुनुहुन्छ भने ब्युँझिनु उपयुक्त हुन्छ ।
Loading...

Social Buttons