Latest News

८ सय वर्ष पहिले पनि थियो मोबाइल फोन, उत्खनन गर्दा भेटियो प्रमाण

8-hundred-years-old-mobile-phoneमोबाइल फोन भन्ने बित्तिकै आधुनिक सूचना प्रविधिको युगको एक उपकरण भन्ने बुझिन्छ । तर एक अनुसन्धानले भने मोबाइल फोन केवल आधुनिक युगमा मात्र नभई प्राचीनकालमा समेत अस्तित्वमा रहेको देखाएको छ ।
अस्टि्रयामा गरिएको एक उत्खननका क्रममा आजभन्दा ८ सय वर्ष पहिले नै मोबाइल फोन अस्तित्वमा रहको प्रमाणित भएको छ । उत्खननका क्रममा एउटा मूर्ति भेटियो जुन मुर्तिको हातमा मोबाइल फोन थियो । ८ सय वर्ष पूरानो मुर्तिको हातमा मोबाइल फोन भेटिएसँगै त्यसले ठूलै तरंग उत्पन्न गराएको छ । के त्यो साँच्चीकै ८ सय वर्ष पूरानो मोबाइल फोन हो वा कसैले हँसीमजाक गरेको हो ? भन्ने विषयमा विमर्श सुरु भएको छ ।
अस्टि्रयाको साल्जबर क्षेत्रमा हालै गरिएको उत्खननका क्रममा यो भेटिएको हो । फोसिल एम सी नामक पूरातात्विक क्षेत्रमा उत्खनन गरिएको थियो । त्यहाँ भेटिएको मूर्ति पत्थरको हो र उक्त मूर्तिको हातमा रहेको मोबाइल पनि पत्थरबाटै बनेको छ । १३ औँ सताब्दीमा बनेको यो मूर्तिको हातमा मोबाइल फोन जस्तो ढुंगाकै आकृति हुनुले सो समयमा समेत मोबाइल फोनको प्रचलन गरेको अनुमान सहजै गर्न सकिने दाबी कतिपयले गरेका छन् ।
यसमा सबैभन्दा महत्वपूर्ण भनेको मूर्तिको हातमा रहेको मोबाइल फोनको भाषा हो । सोही भाषाका कारण पनि यो मोबाइल फोन पनि ८ सय वर्ष पूरानै रहेको थाहा हुन्छ । यसमा लेखिएका अक्षरहरु किल लिपीका छन् जुन लिपी ५ हजार वर्ष पूरानो मेसोपोटामिया सभ्यता ताका सुरु भएको थियो । किल लिपीका केही प्रमाणहरु अहिले इराक र इरानमा समेत मौजुद छन् ।
अझ रोचक त के भने यो मूर्तिको हातमा रहेको ढुंगाको मोबाइल फोनको आकार नोकिया कम्पनीको सुरुवाती मोबाइल फोनकेा जस्तै रहेको छ । कतिपयले यहीँ कुरालाई आधार मानेर मूर्तिको हातमा ८ सय वर्ष पूरानो मोबाइल फोन भेटिएको कुरा हावादारी भएको र कसैले चर्चा कमाउन र हल्ला फिँजाउनका लागि यो तस्वीर तया गरेको दाबी पनि गरेका छन् । एजेन्सीको सहयोगमा
Loading...