Loading...
काठमाण्डु– भारतीय प्रधानमन्त्री विश्वका एक यस्ता ब्यक्ति हुन् जसले भेटघाटका क्रममा आफ्नो अंगालोमा बेर्न कसैलाई पनि बाँकी राख्दैनन् । उसको देशमा समकक्षीसँग भेट्दा अंगालो मार्ने संस्कृति होस् या नहोस् मोदीलाई त्यसको कुनै मतलव हुँदैन उनलाई मतलव हुन्छ त केवल त्यसको जे उनलाई राम्रो लाग्छ या जे उनी चाहन्छन् ।
केही दिनअघिमात्र भारतले गणतन्त्र दिवस मनाइरहँदा फ्रान्सका राष्ट्रपति फ्रान्स्वा होलान्ड प्रमुख अतिथिका रुपमा भारत आएका थिए । सो क्रममा मोदीले तान्न खोजेपछि होलान्ड पछाडि फर्किए तर, मोदीले उनको हात तानेर उनीसँग अंगालो मारे । जब कि फ्रान्सको संस्कृतिमा यसरी उच्च पदस्त व्यक्तिले अंगालो मार्ने चलन छैन । उनले त्यसबेला निकै लामो समयपछि परम्परागत अंगालो मारेका थिए । जुन विषयको अन्तर्राष्ट्रियस्तरबाट ओलोचनात्मक रुपमा टिप्पणी भइरहेको छ ।
त्यसो त मोदीले अंगालोमात्र मार्ने गर्दैनन् त्यससँगै ढाडमा आफ्नो हातले तीन–चार पटक थमथमाउने पनि गर्छन् । मोदीले विश्वका चर्चित राजनीतिक हस्तीदेखि अन्य महत्वपूर्ण ब्यक्तिलाई अंगालो मारिसकेका छन् । मोदीले आफूसँग रहेका ब्यक्तिलाई आफ्नै बराबरीमा देखाउनका लागि यसो गर्ने गरेको अन्तर्राष्ट्रिस्तरमा चर्चा हुन गरेको छ ।
गत वर्ष मोदी नेपाल आउँदा भने तत्कालिन प्रधानमन्त्री सुशील कोइरालालाई नमस्कार गरेका थिए । नेपाल र भारतको संस्कृति अनुसार कुटनीतिक भेटघाट गर्दा नमस्कार गर्ने चलन छ भने पश्चिमा संस्कृतिमा निकटतम व्यक्ति वा राजनीतिक नेतृत्वसँग भेट गर्दा अंगालो मार्ने प्रचलन छ ।
यसरी मोदीले अमेरिकी राष्ट्रपति बाराक ओबामा देखि फेसबुकका सिइओ मार्क जुकरबर्गसम्मलाई आफ्नो अंगालोमा बेरीसकेका छन् । यस सम्बन्धमा वासिन्टन पोस्टमा केही तस्बिर प्रकाशित गरिएको छ । तस्बिरमा हेरौँ चर्चित हस्तीसँग मोदीले मारेको अंगालो ।
Loading...
Social Buttons