Loading...
काठमाडौँ – करिव ११ महिनाअघि पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति दलहरूसँग ‘केहि सहमति र समझदारी’ भएको भन्दै आफ्नो भूमिका खोज्ने प्रयास गरे । गत वर्षको प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश दिँदै उनले स्पष्ट किटान नै नगरी प्रजातन्त्रको मूल्य र मान्यतामा आधारमा केहि सहमति र समझदारी भएको दावी गरेका थिए । उनको दावी ०६२/६३ को जनआन्दोलन उत्कर्षमा पुग्दै गरेको बेला राजतन्त्रलाई कुनै न कुनै रूपमा ‘स्पेस’ दिनेगरि भएको सहमति दलहरूले कार्यान्वयन नगरेपछि झक्झक्याइ भएको टिप्पणी पनि कतिपयले गरे । यद्यघि त्यसलाई न त उनले थप स्पष्ट पार्ने काम गरे न त दलहरूले नै स्वीकार गरे । माधवकुमार नेपाल, कृष्णप्रसाद सिटौला र भरतमोहन अधिकारीलगायतका नेताहरूले त पूर्वराजाको उक्त अभिव्यक्तिलाई ‘बकवास’ भन्दै त्यस्तो कुनै सहमति नभएको दाबी गरे । देशमा गणतन्त्र स्थापना भएसँगै दुई सय ४० वर्षे राजतन्त्रको विरासत छोडेर ज्ञानेन्द्र नारायणहिटी राजदरबारबाट बाहिरिएका थिए । त्यसयता आम नागरिकको रूपमा कहिले निर्मल निवास त कहिले नागार्जुन दरबारमा बस्दै आएपनि बेला–बेला राजनीतिक रंग मिसिएको अभिव्यक्ति दिँदै आएका छन् । उनको अभिव्यक्तिमा कि आफूले राजगद्दी छाडे पनि देशले निकास पाउन नसकेको चिन्ता देखिन्थ्यो कि त राजनीतिक दलबीचको बेमेलप्रति कटाक्ष । उनले कि मुलुकमा संकट देखा परेको बेला वा कुनै महत्वपूर्ण अवसर पारेर यस्ता अभिव्यक्ति दिँदै आएका छन् । दुई सय ९४ औं पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा उनले दिएको अभिव्यक्ति पनि त्यसै श्रृंखलाको उदाहरण हो ।
विगतमा शाहले दलहरूले निषेध, विभेद, अन्योल, अलमल र कचिगंलमै समय बिताएको असन्तुष्टि व्यक्त गर्थे । त्यस्तै राष्ट्रको भू–बनोट, राष्ट्रिय समाजको स्वरुप, राष्ट्रिय धर्म, परम्परा र मर्मलाई स्पर्श गरेर अगाडि बढ्नु आवश्यक रहेको औंल्याउँथे । उनले घुमाउरो शैलीमा राजतन्त्र फर्किने अर्थ लाग्ने अभिव्यक्ति पनि नदिएका होइनन् । तर पछिल्लो अभिव्यक्तिमा भने दलहरूलाई खुलेआम चुनौती नै दिएका छन् ।
शाहले नेपाल बनाउने काम आफ्ना पुर्खा पृथ्वीनारायण शाहले गरेको तर विभिन्न कारणले दरबारबाट बाहिरिनु परेपनि घरबार भने नछाडेको तर्क गरेका छन् । उनले जुनसुकै बेला फेरि राजतन्त्र फर्कन सक्ने भन्दै दलहरूलाई खुला चुनौति दिएका छन् ।
ज्ञानेन्द्रको टिप्पणीले उब्जाएका सवाल
राजतन्त्र ढलेसँगै विभिन्न समयमा उनले दिने अभिव्यक्तिमा राजनीतक रंग मिसिएका हुन्थे । सुरुवाती चरणमा कुनै विषयमा टिप्पणी गरेनन्, तर पहिलो संविधानसभापछि दलहरू आन्तरिक विवाद र कलहमा फसे, त्यही मौकमा उनले आफूलाई ‘एक्सपोज’ गर्न थाले । धार्मिक भ्रमण वा पारिवारिक भ्रमणको क्रममा निस्कँदा उनी राजनीतिक दलप्रतिको नजाँनिदो पारामा आक्रोश व्यक्त गर्थे । त्यस्ता अभिव्यक्तिको गणतान्त्रिक शक्तिले विरोध गर्थे र राजावादीहरूमा उत्साह छाउँथ्यो । पछिल्लो समय पुरानो शैलीलाई भत्काउँदै उनले दिएको सिधा अभिव्यक्तिले तीन सवाल उठाएको छ–
पहिलो : ज्ञानेन्द्रले जुनसुकै बेला फेरि राजतन्त्र फर्कन सक्ने संकेत गरेका छन् । आफूले दरबार छाडेको तर नेपाली घरबार नछाडेको भनेर उनले जुनसुकै बेला राजतन्त्र फर्कन सक्छ भन्ने संकेत गरेका हुन् । पृथ्वी जयन्तीको सन्दर्भमा दिएको अभिव्यक्तिमा उनले भनेका छन्,‘शाहवंशीय राजाहरूले जनताको इच्छा, चाहना र भावनाको कदर गर्ने परम्परालाई निरन्तरता दिँदै राष्ट्रहित र राष्ट्रवासीको सुख, सम्वृद्धि र आत्मीय सन्तुष्टिका निम्ति जनताको नासो जनतालाई सुम्पेर मैले दरबार छोडेको हुँ । तर सबैले विचार गर्नुपर्ने कुरा हो कि मैले नेपाली घरबार छाडेको छैन । अनि नेपाल र नेपालीको आधारको भार पनि परित्याग गरेको छैन ।’
एक कदम अघि बढ्दै शाहले नेपाली जनता अब राजतन्त्रको लागि जाग्नुपर्ने बेला आएको समेत बताएका छन् । यसबाट उनी फेरि राजतन्त्र फर्काउने खेलमा लागेको प्रष्टिन्छ ।
दोस्रो : देशमा अहिले विदेशी हस्तक्षेप बढेको र त्यसले देशको सार्वभौमिकतामा नै प्रहार भएको उनको अभिव्यक्ति दिएका छन् । दलहरूप्रति लक्षित गर्दै उनले देशभित्र अहिले विधि व्यवस्था, भू–रचना र शासन प्रशासनका कुरालाई लिएर जे जस्ता बखेडा खडा भएका छन्, त्यो ठीक नभएको र दलहरूकै असक्षमताका कारण त्यसमा विदेशीसमेत हावी हुन पुगेको निष्कर्ष उनले दिन खोजेका छन् । आफ्ना पुर्खा (पृथ्वीनारायण शाह) ले एकीकरण गरेको मुलुक लथालिंग हुँदै गएको अवस्थामा फेरि देशलाई एक बनाउन आफ्नो आवश्यकता रहेको उनको ठहर छ । जसमा हिमाल पहाड र तराईबीचको एकतामा पनि जोड दिएका छन् । देशमा देखिएको बेथिति, अराजकता र खल्बलिएको आपसी सद्भावलाई लक्षित गर्दै उनले गणतन्त्रपछि झन् बढी समस्या उत्पन्न भएको भन्दै आफ्नो सान्दर्भिकता प्रमाणित गर्न खोजेको देखिन्छ ।

तेस्रो : उनले जनताको पीरमर्कालाई समेत अभिव्यक्तिमा समेटेका छन् । भनेका छन्, ‘आपसी सद्भाव खल्बलिएर जनसाधारणको जीवन व्यवहारमा आर्थिक संकट, चरम महँगी, अभाव, अनुत्पादन र बाह्य निर्भरताबाट यतिखेर थप मार परिरहेको छ । नेपाली जनताले अहिले साँझ बिहान छाक टार्न र सामान्य रूपले जीवन धान्न पनि धौ¬–धौ परिरहेको छ । यो गम्भीर चिन्ताको विषय हो ।’ यसो भनेर उनले आफूले जनताको चिन्ता गरिरहेको प्रमाणित गर्न खोजेका छन् । उनले घुमाउरो रूपले जनताको पीरमर्का बुझ्ने भएकै कारण आफ्नो पक्षमा जनमत छ भन्ने तर्क गर्न खोजेको देखिन्छ ।
खासमा के चाहन्छन् ज्ञानेन्द्र ?
ज्ञानेन्द्रको मुख्य चाहना शान्ति र सम्बृद्धि नै भएको बताउँछन् एक राजावादी । देश शान्त र सम्बृद्ध बन्नुको साटो एकपछि अर्को गर्दै अन्योल र समस्या बढेपछि उनले आक्रामक अभिव्यक्ति दिएको दावी उनको छ ।
राजावादीहरूका अनुसार ज्ञानेन्द्र अहिले ‘पर्ख र हेर’को अवस्थामा छन् । यद्यपि उनको चाहना पुनः राजतन्त्रको पुर्नस्थापना नै हो । अहिले पनि ज्ञानेन्द्रले राजावादी पार्टी र शक्तिहरूसँग निरन्तर परामर्श गर्दै आएको बताइन्छ । तर, राजतन्त्र फर्काउन सहज भने छैन । आफूलाई राजावादी पार्टीको रूपमा चिनाउने राप्रपा नेपालसँग नै उनको सम्बन्ध पछिल्लो समय बिग्रिएको बताइन्छ । त्यसैकारण राजतन्त्रको मुद्दा छोडेर हिन्दुराष्ट्रको मुद्दालाई जोड दिँदै आएको छ । जोड तोडका रुपमा उठाउँदै आएको छ ।

के भन्छन् दलहरू ?
‘जनताको चाहनाअनुसार पूर्वराजा बोलेका हुन्’
दिलनाथ गिरी, राप्रपा नेपाल, प्रमुख सचेतक
तर उहाँको चाहनाविपरित देशमा अराजकता फैलिएको छ । जनताले कष्टकर जीवन बिताउनु परेको छ । अन्योलताका बीच जनस्तरबाट राजाको आवश्यकता महसुश गरिएको छ । जनताको भावनालाई कदर गर्दै पूर्वराजाले अहिले झक्झक्याउने काम गर्नु भएको हो भन्ने लाग्छ ।
आफूले भन्दा राम्रो गर्लान् भन्ने आशाका साथ पूर्वराजाले ठाउँ खाली गरे पनि त्यो अवस्था नभएपछि स्वाभाविक रूपमै जनताको भावनाअनुसार बोल्नु अनौठो होइन ।
‘ज्ञानेन्द्रको दिवास्वप्न मात्रै हो’
योगेश भट्टराई, सचिव, नेकपा एमाले
योगेश भट्टराई, सचिव, नेकपा एमाले
नेपालमा राजतन्त्र फर्किने कुनै आधार छैन । त्यो एउटा दिवास्वप्नमात्रै हो । यहाँका वर्ग, जनता, राष्ट्रिय तथा अन्तराष्ट्रिय कारणले पनि यो सम्भव हुँदैन । राजतन्त्र जबरजस्त फालिएको होइन, दरबारिया आफैं बद्नाम भएर राजतन्त्र ढल्न गएको हो । नानाथरि अभिव्यक्ति दिँदै हिँड्नुभन्दा राज्यले जुन किसिमको सम्मान दिएको छ, सोहि परिधिमा रहेर बस्नु नै ज्ञानेन्द्रको लागि हितकर हुनेछ ।
उनलाई राजनीति गर्नु छ भने संविधानमा व्यवस्था भएअनुसार एक नागरिकको हैसियतले अघि बढ्न सक्छन् । तर, राजतन्त्र फर्काउने भन्दै नानाथरि बोल्दै हिड्नु उनकै लागि घातक हुनसक्छ ।
दुनियाँमा राजामहाराजाहरू क्रान्तिपछि प्रतिक्रान्तिको दाउमा हुन्छन् । त्यस्तै दाउ ज्ञानेन्द्रले हेरेका हुनसक्छन् तर त्यो सम्भव छैन ।
‘दलहरू पनि दोषी छन्’
लिलामणि पोखरेल, पोलिटब्यूरो सदस्य, एमाओवादी
लिलामणि पोखरेल, पोलिटब्यूरो सदस्य, एमाओवादी
यसबाट जति अपराध गरे पनि केही हुँदैन भन्ने मानसिकता हावी भयो । त्यही मानसिकता ज्ञानेन्द्रमा रहेको अहिले प्रष्ट भएको छ । मेरो विचारमा आम माफी दिने प्रवृत्तिले गर्दा नै ज्ञानेन्द्र फेरि सल्बलाएका हुन् । तर एकपटक ढलेको तानाशाह फेरि उठ्न सक्दैन । त्यो सोचाइ एउटा दुस्साहसमात्रै हो । तर यो कुराबाट पाठ सिक्दै राजनीतिक शक्तिहरू मिलेर अघि बढ्नुपर्ने अवस्थाचाहिँ छ ।
Loading...
Social Buttons