Latest News

Social Buttons

DNN

Dropdown Menu

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थवाणिज्य
  • मनोरञ्जन
  • खेलकुद
  • बिज्ञान/प्रबिधि
  • थप शीर्षक
    • अन्तर्वार्ता
    • अन्तराष्ट्रिय
    • मोडेल वाच
    • स्वास्थ्य
    • बिचित्र संसार
    • राशीफल

टिप्पणी : ज्ञानेन्द्रको चुनौतीले उब्जाएका तीन सवाल !!!

Loading...
काठमाडौँ – करिव ११ महिनाअघि पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति दलहरूसँग ‘केहि सहमति र समझदारी’ भएको भन्दै आफ्नो भूमिका खोज्ने प्रयास गरे । गत वर्षको प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश दिँदै उनले स्पष्ट किटान नै नगरी प्रजातन्त्रको मूल्य र मान्यतामा आधारमा केहि सहमति र समझदारी भएको दावी गरेका थिए । उनको दावी ०६२/६३ को जनआन्दोलन उत्कर्षमा पुग्दै गरेको बेला राजतन्त्रलाई कुनै न कुनै रूपमा ‘स्पेस’ दिनेगरि भएको सहमति दलहरूले कार्यान्वयन नगरेपछि झक्झक्याइ भएको टिप्पणी पनि कतिपयले गरे । यद्यघि त्यसलाई न त उनले थप स्पष्ट पार्ने काम गरे न त दलहरूले नै स्वीकार गरे । माधवकुमार नेपाल, कृष्णप्रसाद सिटौला र भरतमोहन अधिकारीलगायतका नेताहरूले त पूर्वराजाको उक्त अभिव्यक्तिलाई ‘बकवास’ भन्दै त्यस्तो कुनै सहमति नभएको दाबी गरे । 
देशमा गणतन्त्र स्थापना भएसँगै दुई सय ४० वर्षे राजतन्त्रको विरासत छोडेर ज्ञानेन्द्र नारायणहिटी राजदरबारबाट बाहिरिएका थिए । त्यसयता आम नागरिकको रूपमा कहिले निर्मल निवास त कहिले नागार्जुन दरबारमा बस्दै आएपनि बेला–बेला राजनीतिक रंग मिसिएको अभिव्यक्ति दिँदै आएका छन् । उनको अभिव्यक्तिमा कि आफूले राजगद्दी छाडे पनि देशले निकास पाउन नसकेको चिन्ता देखिन्थ्यो कि त राजनीतिक दलबीचको बेमेलप्रति कटाक्ष । उनले कि मुलुकमा संकट देखा परेको बेला वा कुनै महत्वपूर्ण अवसर पारेर यस्ता अभिव्यक्ति दिँदै आएका छन् । दुई सय ९४ औं पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा उनले दिएको अभिव्यक्ति पनि त्यसै श्रृंखलाको उदाहरण हो ।
विगतमा शाहले दलहरूले निषेध, विभेद, अन्योल, अलमल र कचिगंलमै समय बिताएको असन्तुष्टि व्यक्त गर्थे । त्यस्तै राष्ट्रको भू–बनोट, राष्ट्रिय समाजको स्वरुप, राष्ट्रिय धर्म, परम्परा र मर्मलाई स्पर्श गरेर अगाडि बढ्नु आवश्यक रहेको औंल्याउँथे । उनले घुमाउरो शैलीमा राजतन्त्र फर्किने अर्थ लाग्ने अभिव्यक्ति पनि नदिएका होइनन् । तर पछिल्लो अभिव्यक्तिमा भने दलहरूलाई खुलेआम चुनौती नै दिएका छन् ।
शाहले नेपाल बनाउने काम आफ्ना पुर्खा पृथ्वीनारायण शाहले गरेको तर विभिन्न कारणले दरबारबाट बाहिरिनु परेपनि घरबार भने नछाडेको तर्क गरेका छन् । उनले जुनसुकै बेला फेरि राजतन्त्र फर्कन सक्ने भन्दै दलहरूलाई खुला चुनौति दिएका छन् ।
ज्ञानेन्द्रको टिप्पणीले उब्जाएका सवाल
राजतन्त्र ढलेसँगै विभिन्न समयमा उनले दिने अभिव्यक्तिमा राजनीतक रंग मिसिएका हुन्थे । सुरुवाती चरणमा कुनै विषयमा टिप्पणी गरेनन्, तर पहिलो संविधानसभापछि दलहरू आन्तरिक विवाद र कलहमा फसे, त्यही मौकमा उनले आफूलाई ‘एक्सपोज’ गर्न थाले । धार्मिक भ्रमण वा पारिवारिक भ्रमणको क्रममा निस्कँदा उनी राजनीतिक दलप्रतिको नजाँनिदो पारामा आक्रोश व्यक्त गर्थे । त्यस्ता अभिव्यक्तिको गणतान्त्रिक शक्तिले विरोध गर्थे र राजावादीहरूमा उत्साह छाउँथ्यो । पछिल्लो समय पुरानो शैलीलाई भत्काउँदै उनले दिएको सिधा अभिव्यक्तिले तीन सवाल उठाएको छ–
पहिलो : ज्ञानेन्द्रले जुनसुकै बेला फेरि राजतन्त्र फर्कन सक्ने संकेत गरेका छन् । आफूले दरबार छाडेको तर नेपाली घरबार नछाडेको भनेर उनले जुनसुकै बेला राजतन्त्र फर्कन सक्छ भन्ने संकेत गरेका हुन् । पृथ्वी जयन्तीको सन्दर्भमा दिएको अभिव्यक्तिमा उनले भनेका छन्,‘शाहवंशीय राजाहरूले जनताको इच्छा, चाहना र भावनाको कदर गर्ने परम्परालाई निरन्तरता दिँदै राष्ट्रहित र राष्ट्रवासीको सुख, सम्वृद्धि र आत्मीय सन्तुष्टिका निम्ति जनताको नासो जनतालाई सुम्पेर मैले दरबार छोडेको हुँ । तर सबैले विचार गर्नुपर्ने कुरा हो कि मैले नेपाली घरबार छाडेको छैन । अनि नेपाल र नेपालीको आधारको भार पनि परित्याग गरेको छैन ।’
एक कदम अघि बढ्दै शाहले नेपाली जनता अब राजतन्त्रको लागि जाग्नुपर्ने बेला आएको समेत बताएका छन् । यसबाट उनी फेरि राजतन्त्र फर्काउने खेलमा लागेको प्रष्टिन्छ ।
दोस्रो : देशमा अहिले विदेशी हस्तक्षेप बढेको र त्यसले देशको सार्वभौमिकतामा नै प्रहार भएको उनको अभिव्यक्ति दिएका छन् । दलहरूप्रति लक्षित गर्दै उनले देशभित्र अहिले विधि व्यवस्था, भू–रचना र शासन प्रशासनका कुरालाई लिएर जे जस्ता बखेडा खडा भएका छन्, त्यो ठीक नभएको र दलहरूकै असक्षमताका कारण त्यसमा विदेशीसमेत हावी हुन पुगेको निष्कर्ष उनले दिन खोजेका छन् । आफ्ना पुर्खा (पृथ्वीनारायण शाह) ले एकीकरण गरेको मुलुक लथालिंग हुँदै गएको अवस्थामा फेरि देशलाई एक बनाउन आफ्नो आवश्यकता रहेको उनको ठहर छ । जसमा हिमाल पहाड र तराईबीचको एकतामा पनि जोड दिएका छन् । देशमा देखिएको बेथिति, अराजकता र खल्बलिएको आपसी सद्भावलाई लक्षित गर्दै उनले गणतन्त्रपछि झन् बढी समस्या उत्पन्न भएको भन्दै आफ्नो सान्दर्भिकता प्रमाणित गर्न खोजेको देखिन्छ ।

तेस्रो : उनले जनताको पीरमर्कालाई समेत अभिव्यक्तिमा समेटेका छन् । भनेका छन्, ‘आपसी सद्भाव खल्बलिएर जनसाधारणको जीवन व्यवहारमा आर्थिक संकट, चरम महँगी, अभाव, अनुत्पादन र बाह्य निर्भरताबाट यतिखेर थप मार परिरहेको छ । नेपाली जनताले अहिले साँझ बिहान छाक टार्न र सामान्य रूपले जीवन धान्न पनि धौ¬–धौ परिरहेको छ । यो गम्भीर चिन्ताको विषय हो ।’ यसो भनेर उनले आफूले जनताको चिन्ता गरिरहेको प्रमाणित गर्न खोजेका छन् । उनले घुमाउरो रूपले जनताको पीरमर्का बुझ्ने भएकै कारण आफ्नो पक्षमा जनमत छ भन्ने तर्क गर्न खोजेको देखिन्छ ।
खासमा के चाहन्छन् ज्ञानेन्द्र ?
ज्ञानेन्द्रको मुख्य चाहना शान्ति र सम्बृद्धि नै भएको बताउँछन् एक राजावादी । देश शान्त र सम्बृद्ध बन्नुको साटो एकपछि अर्को गर्दै अन्योल र समस्या बढेपछि उनले आक्रामक अभिव्यक्ति दिएको दावी उनको छ ।
राजावादीहरूका अनुसार ज्ञानेन्द्र अहिले ‘पर्ख र हेर’को अवस्थामा छन् । यद्यपि उनको चाहना पुनः राजतन्त्रको पुर्नस्थापना नै हो । अहिले पनि ज्ञानेन्द्रले राजावादी पार्टी र शक्तिहरूसँग निरन्तर परामर्श गर्दै आएको बताइन्छ । तर, राजतन्त्र फर्काउन सहज भने छैन । आफूलाई राजावादी पार्टीको रूपमा चिनाउने राप्रपा नेपालसँग नै उनको सम्बन्ध पछिल्लो समय बिग्रिएको बताइन्छ । त्यसैकारण राजतन्त्रको मुद्दा छोडेर हिन्दुराष्ट्रको मुद्दालाई जोड दिँदै आएको छ । जोड तोडका रुपमा उठाउँदै आएको छ ।
के भन्छन् दलहरू ?
‘जनताको चाहनाअनुसार पूर्वराजा बोलेका हुन्’
दिलनाथ गिरी, राप्रपा नेपाल, प्रमुख सचेतक
dilnathअहिलेको परिस्थिति बिषम् छ । राजतन्त्र नहुँदा देश सम्बृद्ध हुन्छ, शान्ति छाउँछ भने म गद्दी छाड्न तयार हुन्छु भनेर दरबारबाट बाहिरिँदै पूर्वराजाले भन्नुभएकै हो ।
तर उहाँको चाहनाविपरित देशमा अराजकता फैलिएको छ । जनताले कष्टकर जीवन बिताउनु परेको छ । अन्योलताका बीच जनस्तरबाट राजाको आवश्यकता महसुश गरिएको छ । जनताको भावनालाई कदर गर्दै पूर्वराजाले अहिले झक्झक्याउने काम गर्नु भएको हो भन्ने लाग्छ ।
आफूले भन्दा राम्रो गर्लान् भन्ने आशाका साथ पूर्वराजाले ठाउँ खाली गरे पनि त्यो अवस्था नभएपछि स्वाभाविक रूपमै जनताको भावनाअनुसार बोल्नु अनौठो होइन ।
‘ज्ञानेन्द्रको दिवास्वप्न मात्रै हो’
योगेश भट्टराई, सचिव, नेकपा एमाले
नेपालमा राजतन्त्र फर्किने कुनै आधार छैन । त्यो एउटा दिवास्वप्नमात्रै हो । यहाँका वर्ग, जनता, राष्ट्रिय तथा अन्तराष्ट्रिय कारणले पनि यो सम्भव हुँदैन । राजतन्त्र जबरजस्त फालिएको होइन, दरबारिया आफैं बद्नाम भएर राजतन्त्र ढल्न गएको हो । नानाथरि अभिव्यक्ति दिँदै हिँड्नुभन्दा राज्यले जुन किसिमको सम्मान दिएको छ, सोहि परिधिमा रहेर बस्नु नै ज्ञानेन्द्रको लागि हितकर हुनेछ ।yogesh bhattarai
उनलाई राजनीति गर्नु छ भने संविधानमा व्यवस्था भएअनुसार एक नागरिकको हैसियतले अघि बढ्न सक्छन् । तर, राजतन्त्र फर्काउने भन्दै नानाथरि बोल्दै हिड्नु उनकै लागि घातक हुनसक्छ ।
दुनियाँमा राजामहाराजाहरू क्रान्तिपछि प्रतिक्रान्तिको दाउमा हुन्छन् । त्यस्तै दाउ ज्ञानेन्द्रले हेरेका हुनसक्छन् तर त्यो सम्भव छैन ।
‘दलहरू पनि दोषी छन्’
लिलामणि पोखरेल, पोलिटब्यूरो सदस्य, एमाओवादी
lilamaniबहुदलीय व्यवस्थामा दलहरू जनताप्रति जति उत्तरदायी हुनुपर्ने थियो, त्यति हुन सकेनन् । उनीहरू आफ्नो स्वार्थमा केन्द्रित हुन खोजे । यतिमात्रै होइन, राज्यव्यवस्था परिवर्तनपछि जसरी एउटा तानाशाहलाई दण्डित गर्ने काम दलहरूबाट हुनुपथ्र्यो, त्यो पनि हुन सकेन ।
यसबाट जति अपराध गरे पनि केही हुँदैन भन्ने मानसिकता हावी भयो । त्यही मानसिकता ज्ञानेन्द्रमा रहेको अहिले प्रष्ट भएको छ । मेरो विचारमा आम माफी दिने प्रवृत्तिले गर्दा नै ज्ञानेन्द्र फेरि सल्बलाएका हुन् । तर एकपटक ढलेको तानाशाह फेरि उठ्न सक्दैन । त्यो सोचाइ एउटा दुस्साहसमात्रै हो । तर यो कुराबाट पाठ सिक्दै राजनीतिक शक्तिहरू मिलेर अघि बढ्नुपर्ने अवस्थाचाहिँ छ ।








More Stories

  • Facebook
  • Tweeter
  • Google+
  • Pinterest
Loading...
Newer Post Older Post Home
Powered by Blogger.

Sponsor

Recent

Popular

  • काठमाण्डौंमा हुरी वतास आउनु भन्दा अगाडी आकासमा अनौठो चमत्कार देखिएको । फोटोहरु हेनुहोस्
  • संसदमा तनावको संकेतः प्रधानमन्त्रीले भने–भोलि ११ बजे के हुन्छ देखाउँला
    काठमाडौं– व्यवस्थापिका संसदको बिहिबार बस्ने बैठकमा तनावको संकेत देखिएको छ । कांग्रेस–माओवादीले दर्ता गरेको अविस्वास प्रस्तावमाथि बिहिबार...
  • कलियुगमा यस्तो पनिः बाबुले आफ्नै छोरीलाई श्रीमती बनाए, छोरीबाटै ७ सन्तान जन्माए !
    एजेन्सी । अर्जेन्टिनाका एक पुरुष आफ्नै छोरीलाई श्रीमती बनाएर दुई दशकसम्म बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । समाचार संस्था का  अन...
  • जैकी श्रापको छोरीले गरिन् यस्तो अर्धनग्न फोटोशूट; भए यी फोटो भाइरल
    एजेन्सी– अभिनेता जैकी श्राफको छोरी कृष्णा श्राफले फेरि आफ्ना हट फोटो सार्वजनिक गरेकी छन् । प्राय आफ्ना तस्बिरहरु इस्टाग्राममार्फत सार्वजनिक...
  • नेपाल विरुद्ध मोदीले बनाउँदैछन् यी दुई खतरनाक रणनीति !!!!
    आफु अनुकुल नभएको निश्कर्ष सहित वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न भारतले चालेको रणनीति २४ घण्टामै असफल भएपछि भ...

Contact

Name

Email *

Message *

Join the Club

Sponsor

It's not NEWS site It's BLOG.
Copyright © 2016 DNN All Right Reserved