Latest News

यस्तो रहेछ मधेसी मोर्चाको ६ बुँदे प्रस्ताव !!!पुरा पढ्नुहोस्

काठमाण्डु, ४ माघ– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रमुख तीन दलका नेतासँगको वार्तामा ६ बुँदे प्रस्ताव राखेको छ ।

फाइल फोटोफाइल फोटो
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको तीन दल बैठकमा मोर्चाका मागबारे छलफल भएको छ । यद्यपि निष्कर्षमा भने पुग्न बाँकी रहेको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए । उनले मोर्चाको प्रस्ताव लचिलो रहेको भन्दै सहमति निर्माणका लागि सकारात्मक वातावरण बनेको उल्लेख गरे ।
तीन दल बैठकले मोर्चाको नयाँ प्रस्तावबारे छलफल गनरी निष्कर्षमा पुग्ने जिम्मा तीन दल र मोर्चा कार्यदललाई दिएको छ । ‘मधेसी मोर्चाको तर्फबाट पहिलोपटक लिखित रुपमा प्रस्ताव आएको छ’, श्रेष्ठले भने, ‘यो सहमति निर्माणका लागि सकारात्मक छ ।’
मोर्चाले आइतबारको कार्यदल बैठकमा ६ बुँदे लिखित प्रस्ताव पेश गरेको थियो ।
यस्तो छ मधेसीको ६ बुँदे प्रस्ताव
१. संघीय प्रदेशको सिमांकन हेरफेरका लागि राजनीतिक संयन्त्र गठन ।
२ं. सिमांकनको आधार राज्य पुर्नसंरचना आयोग, समिति र संवाद समितिमा भएको सहमति ।
३. संयन्त्रले तयार पारेको प्रतिवेदन कार्यान्यवनका लागि मिति तोकिनुपर्ने ।
४ं. संयन्त्रले सहमतिका आधारमा निर्णय गर्नुपर्ने र संयन्त्रलाई संविधानको अनुसूचीमा राखिनुपर्ने ।
५. प्रत्येक प्रदेशबाट न्यूनमत ५ सिट र बाँकी जनसंख्याका आधारमा राष्ट्रिय सभाको गठन हुनुपर्ने ।
६. मधेस आदोन्दोलनका क्रममा भएका गैरन्यायिक हत्याबारे छानबिन आयोग गठन, मृतकलाई सहिद घोषणा र घाइतेको निःशुल्क उपचार ।
Loading...