Latest News

सामूहिक बलात्कार पछी महिलाको हत्या !यौन प्यास नमेटदा फेरि लाससँग पनि सेक्स



फाइल तस्वीर एजेन्सी । आफूलाई लोकतान्त्रिक देश ठान्ने भारतमा मानव समाजले सोच्न नसकेको घटना भएको छ । दिल्लीको मुकुन्दपुरमा एक महिलालाई सबै मानवीय, सामाजिक मान्यता विपरित यातना दिइएर हत्या गरिएको छ । घटनाले पुरै मुकुन्दपुर क्षेत्र शोकमा डुबेको छ । यहाँ एक टेक्सटाइल(धागो) डिजाइनरको दुई पुरुषले पहिला सामूहिक बलात्कार गरे त्यसपछि मदिराको नशामा उनको हत्या गरिदिए । बेहोसी पुरुषहरुलाई त्यती गर्दा पनि मनलाई सन्तोष मिलेन । त्यसपछि उनीहरुले जंगलमा फाल्नुभन्दा पहिला महिलाको लाशसँग फेरि सामूहिक सेक्स गरे । यो घटनाका एक अभियुक्तलाई प्रहरीले गिरफ्तार गरेको छ । भारतीय च्यानल आजतकका अनुसार नर्थ दिल्लीको भलस्वा डेयरी इलाकाको मुकुन्दपुरमा बस्दै आएकी २५ वर्षीय युवती पेसाले टेक्सटाइल(धागो)को डिजाइनर थिइन् । गएको शनिवार राति उनी घरमा एक्लै थिईन् । त्यही बेला छिमेकमा भाडामा बस्दै आएका दुई पुरुष मदिराको नशामै छतको बाटोबाट उनको घरमा घुसे । उनको सामूहिक बलात्कार गरे । यो बीचमा महिलाले प्रतिकार गर्न खोज्दा कुटपिट र बलात्कार गर्दागर्दै पुरुषले उनको हत्या गरिदिए । लासलाई भलस्वा झाडीको जंगलमा फालिदिए । प्रहरीले दिएको जानकारी अनुसार जंगलमा पनि पुरुषहरुले महिलाको लाससँग सामूहिक बलात्कार गरेका थिए । विहान ३ बजे पिसाब फेर्न बाहिर निस्केका राम नामका एक छिमेकीले उनीहरुलाई काँधमा लास बोकेको देखेर प्रहरीमा खबर गरेका थिए । त्यसपछि प्रहरीले खोजी गर्दा युवतीको लास जंगलमा नाङ्गो अवस्थामा फेला परेको थियो । गिरफ्तार गरिएका अभियुक्तलाई हिरासतमा राखेर घटनाको अनुसन्धान भइरहेको मुकुन्दपुरका डिसिपी विजय सिंहले बताए । फरार अर्का अभियुक्त खोजी भइरहेको छ । उनी आजादपुर मण्डीमा लोडिंगको काम गर्दै आएको खुलेको छ । घटनापछि महिलाहरुले दिल्लीका चोक चोकमा प्रदर्शन गरेका छन् । मंगलबारसम्म पनि उनीहरुले प्रदर्शन जारी राखेका छन् ।
Loading...