Latest News

भारतलाई आइएसको धम्की, मोदी इस्लाम विरोधी र हिन्दुकट्टरपन्थी भएको आरोप

ISISएेजेन्सी, मंसिर १६ । विश्वका शक्तिशाली राष्ट्र सबैको टाउको दुखाइको विषय बनेको छ आतंकी संगठन आइएस ।
सोहि संगठनले पहिलो पटक भारतलाई खुल्ला धम्की दिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हिन्दुकट्टरपन्थी र इस्लाम विरोधी भएको भन्दै आइएसले भारतमा आफ्नो गतिविधी बढाउने बताएको छ ।
आइएसले आफ्नो अनलाइन किताब मार्फत भारत अनि मोदीलाई धम्की दिएको हो । कितावमा उसले अब भारत सहित पाकिस्तान, वंगलादेश सहितका दक्षिण एशियाका देशहरुमा आफ्नो गतिविधी बढाउन लागेको बताएको छ ।
कितावमा भारतमा हिन्दुहरुको मनोमानी बढेको भन्दै गाइको मासु खाने मुस्लिमको हत्या गरिएकोमा निन्दा गरिएको छ ।
Loading...