Latest News

रौतहटमा प्रहरीको गोली लागी एक मधेशीमोर्चाका कार्यकर्ताको मुत्यु !!!

Shekha Tobar
प्रहरीको गोली लागेर मृत्यु भएका शेष तवरेज

रौतहट, ५ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता तथा प्रहरीबीच आज अपराह्न गौरमा भएको झडपमा परी एक जनाको मृत्यु भएको छ ।
गौर नगरपालिकास्थित बिपी चोकमा मोर्चाका कार्यकर्ता तथा प्रहरीबीच दोहोरो झडप भएको थियो । झडपका क्रममा प्रहरीको गोली लागी स्थानीय तेजापाकड गाविस–१ बस्ने १७ वर्षीय शेष तवरेजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
निजको दाहिने कोखमा गोली लागेको बताइएको छ । तवरेजको गौर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । विरोध प्रदर्शनमा उत्रिएका मोर्चाका कार्यकर्तालाई हटाउने उद्देश्यल आठ सेल अश्रुग्यास प्रहार गरिएपछि पनि स्थिति सामान्य नहुँदा बाध्य भएर आत्मरक्षाका लागि गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गणेशराज रेग्मीले बताउनुभयो ।
कक्षा १० मा पढ्दै आएका तवरेज आफ्ना मामासँगै आन्दोलनमा ढुंगा हान्न अगाडि गएका थिए । यसैगरी आन्दोलनकारीको ढुंगा लागेर प्रहरीतर्फ दुई जना घाइते भएका छन् । रासस
Loading...