Latest News

मधेस आन्दोलनमा ‘रअ’ संलग्न रहेको भारतीय पत्रिकाको सनसनीपुर्ण खुलासा !!!


काठमाडौं, ५ पुस । नेपालको तराई मधेसीमा जारी मधेसी मोर्चाको आन्दोलनमा भारतीय गुप्तचर संस्था ‘रअ’को संलग्नता रहेको खुलासा भएको छ ।
भारतीय साप्ताहिक पत्रिका ‘इकोनोमिक एण्ड पोलिटिकल विक्ली’ (पत्रिकाको लिङ्क)ले मधेस आन्दोलन यति लामो समय टिक्नुमा भारतीय सरकार र उसको गुप्तचर ऐजन्सीको प्रत्यक्ष तथा सक्रिय सहयोग रहेको दाबी गरेको छ ।
पत्रिकाको डिसेम्बर १९ को अंकमा प्रकाशित ‘नेपाललार्इ सजाय’ सम्पादकीयमा भनिएको छ, ‘मधेसी दलहरूले भारत सरकार र इन्टेलिजेन्स एजेन्सीहरूको राजनीतिक सहयोगबिना यति लामो महिना नाका अबरुद्द गर्न सक्छन् भनेर सोच्न सकिँदैन ।’
भारतले अहिले नेपाललाई सजाय दिइरहेको उल्लेख गर्दै पत्रिकाले मधेसीहरूबाट नाकाबन्दी हुनु र नेपालको अन्य भूभागमा भारतविरोधी गतिबिधी बढ्नु भारतको विदेशनीतिका लागि ठूलो दुर्घटनाका रुपमा चित्रित गरेको छ ।
भारत सरकारको विद्यमान नेपाल नीति भारतकै लागि आत्मघाती, लज्जाजनक तथा डरलाग्दो रहेको सो पत्रिकाले जनाएको छ । भारतको संलग्नतामा नाकाबन्दी भइरहेको भन्नेमा यथेस्ट प्रमाण रहेकासमेत उक्त पत्रिकाले लेखेको छ ।
नेपालको संविधानप्रति भारतले दिएको प्रतिक्रिया तथा भारतले संविधानमा परिवर्तन हुनुपर्छ भनेर निरन्तर नेपाललाई भनिरहनुबाट भारतको हठातको प्रतिशोधमुलक गैह्रकुटनीतिक व्यवहार रहेको टिप्पणी सो पत्रिकाले गरेको छ ।
भारतले नेपाललाई चीनको हातमा पुगाएको दाबी पत्रिकाले सम्पादकीयमा छ । जारी नाकाबन्दी भारतकैतर्फबाट नेपालमा भएको हो भन्ने अन्तर्राष्ट्रिय समुदायले बुझिसकेको जनाइएको छ ।
भारतले १९८० को अन्त्यतिर राजीव गान्धीको प्रधानमन्त्रीत्वकालमा पनि नेपालमा नाकाबन्दी लगाएर ब्यापार र पारवहन रोकेको पत्रिकाले उल्लेख गरेको छ ।

economic and political weekly Editirol about Nepal
Loading...