Loading...
भष्ट्राचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै कार्कीले अहिले बढाएको नेताहरुमाथिको छानबिन नरोकिने बताए । उनले भने- ‘पछिल्लो समय पत्र काटेर अगाडी बढाइएको अनुसन्धान प्रक्रिया र कानुनसम्मत छ । यो कुनै पनि हालतमा रोकिँदैन । बरु मैले पद छोड्नुपर्ला तर छानबिन रोकिन्न । अरु थुप्रैको नाम आएको छ र उनीहरुमाथि पनि छानबिन हुन्छ ।’
अख्तियारले पछिल्लो पटक एमाले, एमाओवादी नेताका साथै पूर्व मन्त्री र सचिव गरी २९ जनालाई पत्र काटेको छ । पत्रलाई लिएर एमाले र एमाओवादीले अख्तियार पूर्वाग्रही भएको भन्दै विरोध जनाएका छन् ।
प्रमुख आयुक्त कार्कीले कानुनसम्मत अनुसन्धान गर्दा भइरहेको विरोधप्रति भने असन्तुष्टि जनाए । अख्तियारले पत्र काटेर छानबिन गर्दैमा दोषी नहुने भन्दै अनुसन्धान कै विरोध गर्नु राम्रो नभएको बताए ।
Loading...
Social Buttons