Loading...
काठमाण्डु, १ पुस– तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले जनकपुरस्थित विवाह पञ्चमी महोत्सवमा पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीको कारगेटमा ढुंगामुढा प्रहार गरेका छन् ।
मोर्चाका कार्यकर्ताले राष्ट्रपति भण्डारी विरुद्ध नाराबाजी गर्नुका साथै कालो झण्डा प्रर्दशन गरेका छन् ।
मोर्चाका कार्यकर्ताको बिरोधका बाबजुद राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा पुजाआजा गरेकी थिइन । उनले आधा घण्टा जानकी मन्दिरमा पूजाआजा गरेर काठमाण्डु फर्किएकी छन् ।
मोर्चाका कार्यकर्ताले राष्ट्रपति आउने कार्यक्रमको सोमबारदेखि नै बिरोध गर्न थालेपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको थियो । सुरक्षाको कारण देखाउँदै राष्ट्रपतिले पुजा गर्ने समयमा मन्दिर परिषर खाली गरेर सर्वसाधारणलाई रोक लगाइएको थियो ।
मन्दिरका मुख्य महन्तले राष्ट्रपति भण्डारीलाई पूजा गराएको भन्दै मोर्चाका कार्यकर्ताले जनकपुरमा पुजारीको पनि पुत्ला जलाएर बिरोध गरेका छन् । विवाह पञ्चमीमा सहभागी हुन बुधबारै साँझ पुग्ने नेपालका लागि भारतीय राजदुत रणजी रेको भने मोर्चाका कार्यकर्ताले भव्य स्वागतको तयारी गरेका छन् ।
मोर्चाको योजना अनुसार नै बिहान राष्ट्रपतिले मन्दिरमा पुजा गर्न आउने क्रममा बिरोध गर्ने र साँझ राजदुत रेलाई स्वागत गर्ने तयारी गरेको स्रोतले बतायो ।
Loading...
Social Buttons