Loading...
काठमाण्डु, १ पुस– नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले टेलिभिजन प्रसारक कम्पनी डिसहोमको ललितपुर भैंसेपाटीस्थित अर्थ स्टेशनमा पेट्रोलबम प्रहार गरेका छन् ।

करिब आधा दर्जनको संख्यामा आएका नेकपा माओवादीका कार्यकर्ताले बुधबार बिहान सवा ६ बजेको समयमा अर्थ स्टेशनमा पेट्रोल बम हानेका हुन् । बम प्रहारपछि डिस होमको प्रसारण बन्द भएको छ ।
डिसहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले टेलिभिजन प्रसारण बन्द भएको र वैकल्पिक उपायमार्फत पुनः प्रसारणको तयारी भइरहेको बताए । यसैबीच नेकपा माओवादीले घटनाको जिम्मेवारी लिएको छ ।
प्रवक्ता खड्गबहादुर विश्वकर्माले भारतीय टेलिभिजन च्यानलको प्रसारण रोक्न पटकपटक गरिएको आग्रह बेवास्ता गरेकाले चेतावनी स्वरुप आक्रमण गरिएको बताए ।
डिसहोमले अटेर गरे अझै उच्चस्तरको कारबाही गर्ने चेतावनी विश्वकर्माले दिए । भारतले नेपालमा अघोषित नाकाबन्दी गरेसँगै विप्लव माओवादीले हिन्दी च्यानल बन्द गर्न दबाब दिँदै आएको छ ।
Loading...
Social Buttons