Latest News

साहसी नेपाली ठकुरीद्वारा अमेरिकामा खतरनाक लुटेराहरु समातिए, प्रहरीले गर्‍यो सम्मान

ujwal 4.jpg 20 
विजय थापा
वाशिंगटन डिसी, ४ पुस । अमेरिकामा एक नेपाली पुरुषले खतरनाक लुटेराहरु समात्नमा अमूल्य सहयोग गरेका छन् । जसका कारण उनलाई अमेरिकी प्रहरीले सम्मान गरेको छ ।

वाशिंगटन डिसी अत्यधिक अपराधिक गतिबिधिमा पहिलो १० औ स्थानमा पर्दैन । नपरेपनि अमेरिकाको अपराधिक गतिबिधि हुने महानगरीमा २९ औ स्थानमा पर्दछ । यसक्षेत्रमा बिबिध प्रकारका अपराध हुने गर्दछ । अधिकाशं अफ्रिकन अमेरिकन (अस्वेत–काला) यस्ता क्रियाकलापमा संलग्न देखिन्छ ।
नेपाली मुलका नागरिक कैयौं पटक यस्ता गतिबिधिका सिकार भएका छन् । यस्तै शिकारबाट मुश्किलले बाच्न सफल भएका डिसी महानगर क्षेत्रमा बसोबास गर्ने काठमाडौँ कालिमाटीमा जन्मिएर बानेश्वरमा हुर्केका १० खेलमा १० वटा पदक जित्ने कीर्तिमानी भूतपूर्व कराते खेलाडी उज्ज्वल ठकुरीलाई डिसी महानगर क्षेत्रको आर्लिंगटन प्रहरी बिभागले सम्मान गरेको छ ।
उनले पटक पटक अदम्य साहस, आँट तथा बहादुरी देखाई डिसी महानगर क्षेत्रमा रहेका अस्वेत जातिका लुटेराहरुलाईलाई प्रहरी समक्ष बयान, भीडन्त तथा अदालतमा उपस्थिति भै अन्य जानकारी दिएकोले उनलाई सम्मान पत्र दिइएको हो ।
ठकुरी देशको नाम राख्ने खेलाडी मात्र नभई उनको बहादुरीको चर्चा परिचर्चा अमेरिकाको डिसी महानगर क्षेत्रको प्रहरी विभागमा पनि हुन् थालेको छ । नेपालीहरु पनि बहादुर हुन्छन भन्ने छाप ठकुरीले अमेरिकी प्रहरीको मस्तिष्कमा राख्न सफल भएका छन् । उनि एक कुसल कराते खेलाडी हुन् । उनले नेपालीहरु पनि साहसी, आँटी तथा बहादुर हुँदा रहेछन भनि अमेरिकामा प्रमाणित गरिदिएका छन् ।
उनले ५ बर्ष अगाडी सन् २०१० मा भर्जिनियामा एक महिलाले संचार उपकरण लिएर हिडी रहेको समयमा ३ जना अफ्रिकन अमेरिकन गाडीबाट उत्री आक्रमण गरि समान लुटेर जाने क्रममा संयोग बस सितारियो खेलाडी ठकुरी त्यहि नजिक भएकोले उनको मनले अन्याय सहन सकेन् । हात बाधेर चुप लागेर बसेनन । तुरुन्त प्रहरीलाई खबर गरि प्रहरीको पछि लागि ति लुटेराहरु समातिए ।
यस्तै गरि दोस्रो पटक सन् २०१२ फेब्रुअरी झन्डै मध्य रातमा डिसीमा एक आइमाईलाई लुटियो । कराते खेलाडी ठकुरीले बहादुरीका साथ प्रहरीलाई खबर गर्दै लुटेरालाई पछ्याउदै प्रहरीलाई सहयोग गरि दोस्रो लुटेरा पनि पक्राउ पर्न सफल भयो ।
तेस्रो खतरनाक आक्रमण जुलाई २०१४ मा आफूसंग घट्न गएको बताउदै खुला ठाउँमा भए आफूले उनीहरुलाई ढाल्न सक्थे ठकुरीले भने । घटना डिसीको युनियन स्टेसनमा रातिको समयमा घटेको बताए । उनको गाडीमा बस्न २ जना काला जातिका लुटेराले सांघातिक हमला गर्दा झन्डै ज्यान जानबाट बच्यो ठकुरीले भने । दुई जना लुटेरा मध्ये एउटाले पछाडीबाट चालक बस्ने ठाउँमा आफुले बाधेको पेटीले घाँटी थिच्यो । र अर्को अगाडिकोले चक्कु प्रहार गर्दा आफूले समातेपछि लाग्न नपाएको बताए ।
आफूसंग भएको थोरै रकम दिएपछि लुटेरा भागे तर एकै छिनमा प्रहरी आएकोले आफूसंग घटेको घटनालाई आफुले नछोड्ने प्रतिबद्धतासहित लुटेरालाई चिनी प्रहरीलाई सहयोग ठकुरीले गरे ।
आफूलाई लुट्ने २ लुटेरा मध्ये १ जनाको १४ वटा मुद्धाहरु अदालतमा दायर भएको अपराधी रहेको बताए । लुटपाटको ३ वटा मुद्धाहरु त्यो लुटेराको रहेको र प्रहरीको व्यापक खोजीमा रहेको लुटेरालाई पहिचान ठकुरीले गरिदिए ।
अमेरिकामा अधिकांस पीडित/लुटिएका मानिस अदालतमा गएर किन बयान दिदैनन ?
ujwal
लुटिएपछि आफ्नो ज्यानको सुरक्षाको कारण अधिकांश पीडितहरु अदालत जान अप्ठ्यारो मान्ने गरेको देखिएको छ । अपराधी गतिबिधिका मुद्दा मामलामा धेरैजसो अगाडि बढ्न चाहदैनन् किनभने समय कम, काममा व्यस्तको साथै जीवनभर दुश्मनी मोल्नु भन्दा मुद्धा नै दायर गर्नतर्फ लाग्दैनन् । अदालतमा बयान गर्न जाने तरखर गर्दा धेरैको हत्या लुटेराले गर्ने गरेका छन् । टेक्सासमा केहि बर्ष अगाडी एक बिद्यार्थीले पनि अदालतमा बयान दिन जाने तयार भएपछि उनलाई गोली हानि हत्या गरिएको थियो । प्रत्यक्षदर्शी भएपनि नदेखेको गरि हिडने गर्दछन । नदुखेको टाउको दुखाउन मानिस चाहदैनन् ।

यस्तो अवस्थामा प्रवासीहरु झन् संलग्न हुन् चाहदैनन् । तर आँटी र साहसी उज्ज्वल ठकुरी अपबाद बने । ठूलो मुद्धा मामला भएकोले प्रहरीले ठकुरीलाई २ पटक सोधेको बताए । यस्तो मामलामा अदालतमा आउने र बयान दिने लाई लुटेराले दागा धर्ने र हत्या समेत गर्ने भएकोले २ पटक सोच्न मौका दिएको बताए ।
र राम्रोसंग सोचेपछि ठकुरीले प्रहरीलाई भने– मारे राम्रो काम गरेर मरिन्छ । म नेपाली हु र नेपालको नाम राखेर मर्छु तर त्यो अपराधीलाई छोडिदैन ठकुरीले प्रहरीलाई जवाफ लगाए । ठकुरीको अदालतमा गएको सहयोगले २ वटा अपराधी समातिए । एक जनालाई १५ र अर्कोलाई २० बर्ष कैद गरि सकेको छ ।
ठकुरीले यस्तो सहयोग गरेको कारण प्रहरीले सम्मान गरेको हो । ठकुरीले भने आफू अदालतमा जाने भएपछि अरु पीडितहरु पनि अदालतमा उपस्थित भएको बताए । यस्तो मुद्धामा धेरै सबुत, प्रमाण संकलन गर्नुपर्ने र जिन्दगीभर खतरा मोल्नुपर्ने हुनाले तै चुप मै चुप पनि मानिस गर्ने गर्दछन भनि ठकुरीले बताए ।
म खेलाडी पनि हु मैले यस्तो गर्दा अमेरिकामा खेलाडी प्रति सकारात्मक सोच हुने र बिश्व भर खेलाडीको सम्मान पनि हुने बताए ।
Loading...