Latest News

आज विहानैदेखि वीरगन्ज बन्द

Terai-Madhesh-Protest-700-1वीरगन्ज, मङ्सिर  २१ । आन्दोलनरत मधेस केन्द्रित दलका कार्यकर्ताले आज बिहानदेखि वीरगन्ज बन्द गराएका छन् । 
तिहार र छठ पर्वलाई दृष्टिगत गरेर बन्द कार्यक्रमलाई केही खुकुलो बनाए पनि उनीहरूले आज बिहानदेखि वीरगन्जका विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । 
प्रदर्शनकारीले वीरगन्जको नगवा, बिर्ता, घन्टाघर, बसपार्क, मुर्लीचोक, राधेमाई चोक, रानीघाटलगायत सहरका विभिन्न भागमा बाटोमा टायर बालेर प्रदर्शनमा उत्रिएका छन् । विभिन्न नारा लगाउँदै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले मोटरसाइकल, रिक्सा र ट्याक्टरसमेत चल्न दिएका छैनन् । 
यहाँ कुनै अप्रिय घटना हुन नदिन व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।
Loading...