Latest News

मधेसी विद्यार्थीहरुले नेपाली राजदूतावास अगाडि‘नेपाल सरकार मुर्दावाद’ भन्दै नारा लाग्यो

madeshi Students Delhi
कामाण्डु, २१ मंसिर– आइतबार भारतको नयाँ दिल्लीमा भारतीय नाकाबन्दीको विरोधमा नारा लागेपछि त्यसको प्रतिउत्तरमा सोमबार नेपाल सरकारको विरोधमा नारा लागेको छ ।
भारतको नयाँदिल्लीस्थित विभिन्न विश्वविद्यालयहरुमा अध्ययनरत मधेसी विद्यार्थीहरुले नेपाली राजदूतावास अगाडि विरोध प्रदर्शन गरेका हुन्।
उनीहरुले मधेसको माग सम्वोधन गर्न नेपाल सरकार तयार नभएको भन्दै ‘नेपाल सरकार मुर्दावाद’, ‘यो हाम्रो संविधान होइन’ जस्ता नारा लगाएका थिए ।
Loading...