Latest News

पारसलाई छाडेर पूर्वराजपरिवार किन जाँदैछ थाइल्याण्ड ?

OPENING-OF-HIMANI-TRUST_20101009092126काठमाण्डु, २१ मंसिर– मुलुकमा राजतन्त्र फर्काउने हल्ला चलेको बेला पूर्वराजपरिवार थाइल्याण्ड भ्रमणमा जाने भएको छ । पूर्वयुवराज्ञी हिमानी शाह जाडो बिदा मनाउन थाइल्याण्ड जाने भएकी छिन् ।
मंसिर अन्तिम साता पूर्वयुवराज्ञी हिमानी, छोरीहरु पूर्णिका, कीर्तिका र छोरा हृदयेन्द्रलाई लिएर थाइल्याण्ड जान लागेकी हुन् । उनी गएको केही दिनपपछि पूर्वमहारानी कोमलसमेत जाने भएकी छिन् । पूवर््ाराजा ज्ञानेन्द्र शाह पनि पुसको अन्तिम साता वा माघमा थाल्यान्ड जाने सम्भावना छ ।
केही राजावादीहरुले नेपालमा राजासंस्था फर्कने हल्ला गरिरहेको बेला पूर्वराजाको सपरिवार थाइल्यान्ड भ्रमणमा जानुलाई महत्वपूर्ण दृष्टिकोणले हेरिएको छ ।
समाचारपत्र दैनिकबाट
Loading...