Loading...
के तपाई आफ्नो मस्तिष्कको हेरविचार पनि त्यसरी नै गर्नुहुन्छ जसरी शरिरको हेरविचार गर्नुहुन्छ ? शरिरलाई कार्यरत राख्ने जिम्मेवार दिमागलाई पनि त्यति नै हेरविचार र केयर जरुरी हुन्छ । चोट र गलत औषधी सेवनले मात्र दिमागलाइ नोक्सान पुग्दैन, दैनिक तपाईले गर्ने केही गल्तिहरुको कारण पनि दिमागको शक्ति ह्रास हुदै जान्छ । जानौं यी ७ गल्तिको बारेमा जुन दिमागको लागि ‘साइलेन्ट किलर’ बन्ने काम गर्छ।
१. पुरा निन्द्रा नसुत्नुतपाई सुतेको समयमा पनि दिमागले आफ्नो काम निरन्तर गरिरहेको हुन्छ । दिनभरी तपाइले पढेका, जानेका, देखेका, सुनेका अनि बुझेका कुरालाई निन्द्राको समयमा दिमागले दिर्घ स्मरणको लागि सुरक्षित गर्ने गर्दछ । पुरा निन्द्रा नसुत्दा दिमागले छिटो विर्सने गर्दछ । साथै सुतेको बेला नै तपाइको शरिरको मर्मत संम्भार हुने हुनाले निन्द्रा निकै जरुरी हुन्छ ।
२. बिहानको खाजा नखानुयदि तपाइलाइ लाग्छ कि बिहान खाना खानु अघि खाइने ‘ब्रेकफास्ट’ले ठुलो भुमिका खेल्दैन, तपाइले गलत बुझ्दै हुनुहुन्छ । बिहानको खाजामा गुलियाकुरा (चिया, कफि) खानले शरिर र दिमागमा ग्लुकोजको मात्रा सन्तुलित हुन जान्छ । ग्लुकोजकै कारण काम गर्ने स्फुर्ति पनि शरिरमा आउँछ । त्यसैले थौरै भएपनि बिहानको खाजा नछुटाउनुहोस् ।
३. ओभरडाइटिङजब तपाइ आफुलाइ चाहिने भन्दा बढी खानु हुन्छ तब दिमागले पेट भरिसकेको निर्देशन दिन्छ अनि भोक नलागेको सन्देश दिन्छ । यसरी नै जंक फुड खाने गर्दा दिमागले पेट भरिएको सन्देश त दिन्छ तर शरिर र दिमागलाई चाहिने पर्याप्त पोषण ती खानेकुराबाट पाइदैन । याद रहोस्, दिमाग र शरिरस हावा, पानी र खानेकुराको राम्रो सन्तुलनले नै स्वस्थ्य हुन सक्छ ।
४. कम पानी पिउनुयो थाहभएकै कुरा हो कि कम पानी पिउनाले शरिरमा डिहाइड्रेसन हुन्छ, साथै दिमागको कार्यक्षमतामा पनि ह्रास आउँछ । शरिरमा पानी कम हुँदा दिमागको ‘रेस्पोन्स’ कम हुन जान्छ । आलस्य लाग्छ अनि काम गर्ने जाँगर हुदैन । साथै ब्रेनट्श्यु सुक्ने डर पनि रहन्छ । त्यसैले दिनमा ७-८ गिलास पानी शरिर र दिमागको लागि निकै आवस्यक मानिन्छ ।
५. मल्टीटास्किङतपाइ मान्नुहुन्छ कि एक साथ अधिक काम एकसाथ गर्नाले दिमागको शक्तिवृद्धी हुन्छ ? मान्नुहुन्छ भने त्यो गलत हुन सक्छ । स्टेनफोर्ड युनिभर्सिटीको एक अनसन्धानमा यो खुलासा भएको छ की जो मानिस मल्टिटास्किङ गर्दछन्, लामो समय पछि दिमागको कार्यक्षमतामा कमी आउँछ ।
६. धुम्रपान
जब कोही धुम्रपान गर्दछ तब शरिरमा बिभिन्न हानिकारक रसायन प्रवेश गर्छ । यी रसायनले रगतलाई गाढा बनाइदिन्छ। जसको कारण दिमागमा रगतको सप्लाइ कम हुन जान्छ । रगतबाटै पानी र पौष्टिक तत्व शरिर र दिमागमा सञ्चार हुने हुँदा धुम्रपान गर्नाले दिमाग र शरिरलाई भयानक नकारात्मक असर पर्न जान्छ ।
जब कोही धुम्रपान गर्दछ तब शरिरमा बिभिन्न हानिकारक रसायन प्रवेश गर्छ । यी रसायनले रगतलाई गाढा बनाइदिन्छ। जसको कारण दिमागमा रगतको सप्लाइ कम हुन जान्छ । रगतबाटै पानी र पौष्टिक तत्व शरिर र दिमागमा सञ्चार हुने हुँदा धुम्रपान गर्नाले दिमाग र शरिरलाई भयानक नकारात्मक असर पर्न जान्छ ।
७. चिन्ताचिन्ता र तनावले दिमागलाई ठुलो नोक्सानी गर्छ । जर्नल अफ न्युरोसाइन्समा प्रकासित एक अध्ययनको अनुसार जब तपाइ चिन्ता गर्नुहुन्छ तब शरिरमा कार्टिसोल नामक एक हर्मोन रिलिज हुन्छ जसले दिमाग नोक्सान पुर्याउने काम गर्दछ । – विक्लीनेपालबाट
Loading...
Social Buttons