Latest News

भारतबाट १०४ ट्यांकर इन्धन नेपाल भित्रियो

naka
काठमाण्डु, १८ मंसिर– शुक्रबार भारतसँग सीमा जोडिएका पूर्वी काकरभिट्टा र विराटनगरको रानी भन्सारबाट ६४ ट्यांकर इन्धन नेपाल भित्रिएको छ ।
रानी भन्सारबाट पेट्रोल १४ ट्यांकर र डिजेल ३२ ट्यांकर नेपाल आएका हुन् । त्यस्तै, झापाको कांकडभिट्टा नाकाबाट डिजेल १० ट्यांकर, पेट्रोल ४ ट्यांकर, हवाइ इन्धन १ ट्यांकर र मट्टितेल २ ट्यांकर नेपाल भित्रिएका छन् ।
त्यस्तै, भारतको जोगवनी हुँदै बिहीबार बेलुकासम्ममा ३९ ट्याङ्कर इन्धन नेपाल भित्रिएको छ ।
विराटनगर भन्सार कार्यालयका अधिकृत राजेन्द्र ढुङ्गानाका अनुसार बिहीबार बिहानदेखि रातिसम्ममा २७ ट्याङ्कर डिजेल, १२ ट्याङ्कर पेट्रोल भित्रिएको छ ।
विभिन्न औद्योगिक कच्चा पदार्थ बोकेका १४९ मालबाहक सवारी साधन भित्रिएको जानकारी उनले दिए ।
Loading...